हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’ गठन

z1
काठमाडौं । डा. गोविन्द केसीले लामो समयदेखि उठाउँदै आउनुभएका स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधार लगायत सुशासन र जवाफदेहिताका एजेण्डाहरु आम नेपाली जनताका एजेण्डा भएको ठहर गर्दै ‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’ गठन भएको छ । राजनीतिज्ञ, चिकित्सक, चिकित्सा शास्त्रका विद्यार्थीहरु, अभियन्ता, नागरिक अगुवाहरुसमेतको अलायन्सले डा. केसीको स्वास्थ्य नाजुक भइसक्दा समेत राज्यले उचित सम्बोधन नगरेको एवं आवश्यक गम्भीरता, जिम्मेवारीबोध र सवेदनशीलतासहित समस्या समाधानको पहल नगरेको भन्दै साउन ८ गते शनिवार माइतीघर मण्डलादेखि बानेश्वरसम्म बृहत् प्रदर्शनको आयोजना गर्ने निर्णय गरेकाे छ ।

अलायन्सद्वारा अाज जारी वक्तव्यः

वक्तव्य

डा गोविन्द केसीले लामो समयदेखि उठाउनुभएका स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधार लगायत सुशासन र जवाफदेहिताका एजेण्डाहरु आम नेपाली जनताका एजेण्डा भएको हाम्रो साझा ठहर छ । साथै पटक पटक उहाँसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने राज्यको रवैयाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

zसाथै आम नेपालीको भविष्यमा दुरगामी असर पार्ने यस्ता एजेण्डाहरु पार लगाउन सधैंभर डा केसीको सत्याग्रही बाटो मात्र पर्याप्त नहुने देखिन्छ । सुधारका लागि नै पनि पटक पटक उहाँको स्वास्थ्य र ज्यानलाई जोखिममा पार्नु कुनै पनि हिसाबले उचित हुँदैन । त्यसैले उहाँले उठाएका लगायत विधिको शासनसम्बन्धी विषयहरुमा समाजको व्यापक हिस्साको सामुहिक अपनत्व र जिम्मेवारी हुनु अनिवार्य भएको हाम्रो ठहर छ । त्यसो हुन सके मात्र प्रत्येक सम्झौतापछि निहित स्वार्थ हुने विभिन्न पक्षहरुको दबाबमा राज्यले सम्झौताका बुँदा बिर्सने वा उल्टाउने काम रोक्न सकिन्छ ।

यो सत्य महसुस गर्दै हामी विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन र नागरिक संजालहरु एवं अभियन्ताहरु विधिवत् रुपमा बृहत् सञ्जालमार्फत यो अभियानमा लाग्ने निर्णय गरेका छौं ।

महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा आज बसेको सञ्जालको बैठकले ‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’ नामक सञ्जालमार्फत औपचारिक रुपमा यो अभियानलाई अघि बढाउने निर्णय गरेको छ । डा केसीको स्वास्थ्य नाजुक भइसक्दा समेत राज्यले उचित सम्बोधन नगरेको एवं आवश्यक गम्भीरता, जिम्मेवारीबोध र सवेदनशीलतासहित समस्या समाधानको पहल नगरेको पृष्ठभुमिमा साउन ८ गते शनिवार माइतीघर मण्डलादेखि बानेश्वरसम्म बृहत् प्रदर्शनको आयोजना गर्ने निर्णय समेत आज भएको छ । यसबीच अहिले राज्यसित चलिरहेको अनौपचारिक संवादलाई जारी राखेर सकेसम्म छिटो औपचारिक वार्ता गर्न दबाब दिने र सम्भव सबै उपाय अपनाएर यो अभियानलाई तार्किक निश्कर्षमा पुर्याउने हाम्रो साझा अठोट समेत छ ।

साथै डा केसीको आमरण अनशनको यो चरण टुंगिइसकेपछि पनि सञ्जालले अब भएका सम्झौताहरु विगतमा झैं उल्टिन नदिन राज्यलाई निरन्तर खबरदारी गरिरहनेछ । साथै यो एजेण्डामा आधारित सञ्जाल भएकाले यसमा जोडिन चाहने सबै व्यक्ति र संघसंस्था एवं दलहरुका लागि समेत बाटो खूलै राख्ने र सञ्जालका सदस्यहरुले त्यस्ता नयाँ सदस्यहरु सक्रिय रुपमा खोज्न लाग्ने समेत यो बैठकको निर्णय छ । सञ्जालको दैनिक बस्ने बैठकले थपिंदै जाने सदस्यहरुलाई समेट्दै र अभियान सफल बनाउने रणनीतिहरु तय गर्दै जानेछ । सञ्जालसित जोडिन दैनिक बिहान १० बजे हुने बैठकमा सामेल हुने गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रांगणमा पुग्न वा सञ्जालका कुनै सदस्यहरुसँग सम्पर्क गर्न सकिनेछ । सञ्जालको आजको बैठकबाट म्यान्डेट लिएर डा जीवन क्षेत्रीद्वारा यो विज्ञप्ति जारी गरिएको हो ।

बैठकमा उपस्थिति

संयोजनः डा जीवन क्षेत्री

राजनीतिक दलतर्फ

डा बाबुराम भट्टराइ, संयोजक, नयाँ शक्ति नेपाल

उज्ज्वल थापा, अध्यक्ष, विवेकशील नेपाली दल

रमेश पौड्याल, प्रवक्ता, विवेकशील नेपाली दल

डा ज्ञानेन्द्र शाह, स्वास्थ्य विभाग सदस्य, नयाँ शक्ति नेपाल

वीरेन्द्र पोखरेल, केन्द्रीय सदस्य, नयाँ शक्ति नेपाल

मेडिकल विद्यार्थी र चिकित्सक तर्फ

लिजन महर्जन, अध्यक्ष, नेपाल रेजिडेन्ट डक्टर्स एसोशिएसन

स्नेहबन्धु रेग्मी, अध्यक्ष, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी

प्रदीप मिश्र, स्टुडेन्ट वेलफेयर कमिटि

युवा र विद्यार्थी संगठनतर्फ

राम नेपाली, सह संयोजक, अनेरास्ववियु (क्रान्तिकारी)

रोमस खतिवडा, फ्रील्यान्स युथ मुभ्मेन्ट

अभियन्ताहरु

दिव्येश गिरी, हामी नेपाली सञ्जाल

जगन्नाथ लामिछाने

विदुषी ढुंगेल

अक्षय अधिकारी

म्याक्स दीपेश खत्री

सुमन आचार्य

दिनेश खतिवडा

आजको बैठकमा अनुपस्थित तर सञ्जालमा आबद्ध अभियन्ताहरु

प्रशान्त सिंह

ब्रबिम कुमार केसी, अध्यक्ष, एसोशिएसन अफ युथ अर्गनाइजेसन्स नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution