एमालेको चरित्र: बाटोमा लौरो तेर्स्याएर निहुँ खोज्ने – शेरबहादुर देउवा

काठमाडौं– ‘नेकपा एमालेले बाटोमा लठ्ठी तेस्र्याएर बसेको छ, बाटो हिँड्ने मान्छे चौबाटोतिर जान खोजेमा किन चौबाटोतिर हिँडेको भन्छ । लठ्ठी नाघेर जान खोजे किन नाघेर हिँडेको भन्छ, यो निहुँ खोज्ने शैली हो !
बिहीबार संसद भवन परिसरमा बसेको संसदिय दलको बैठकमा पार्टी सभापती शेरबहादुर देउवाले एमालेबारे यत्तिमात्र टिप्पणी गरेनन् सो पार्टीको चरित्र नै यस्तै खालको भएको भन्दै उसले सरकारमा बसेर कर्मचारीतन्त्रमा राजनिती गरेको आरोप लगाए ।
देउवाको भनाई उदृत गर्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भने, ‘संसदमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछी समेत केपी ओली नेतृत्वको सरकारले कर्मचारी सरुवा–बढुवा गर्नु प्रजातन्त्रको मर्मविपरीत रहेको, न्यायपालिका र विदेशी सम्वन्ध वर्तमान सरकारले ध्वस्त बनाएको सभापतीको भनाई थियो ।’
देउवाले सांसदहरुलाई अविश्वासको प्रस्तावको पक्षमा डटेर लड्न निर्देशन दिएको सांसद धनराज गुरुङले जानकारी दिए ।
त्यस्तै कांग्रेस संसदिय दलको बैठकले १३ दिनदेखि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसिरहेका डा. गोविन्द केसीको शैक्षिक माग पुरा गर्न सकारलाई आग्रह गरेको छ ।
‘डा. केसीको राजनितीक माग बाहेक अन्य शैक्षिक माग अविलम्ब पुरा गरेर अनसन स्थागीत गर्न हामीले सरकारलाई आग्रह गरेका छौं’ सांसद रामहरी खतिवडाले भने, ‘यसअघी केन्द्रिय समितीबाट पनि हामीले यहि निर्णय गरेका थियौं, आज सोही निर्णय पढेर सुनाईयो ।’ @ रातोपाटी |