हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

विवाद समाधान गर्ने सभामुखको प्रयास असफल, दलहरु बीच आ-आफ्नै अडान

ले
श्रावण ६, २०७३- सभामुख ओनसरी घर्तीले संसदको कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवाद समाधान गर्न बुधबार गरेको प्रयास असफल भएको छ। बजेटसँग सम्बन्धित तीन वटा आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमध्ये कुनमा पहिले छलफल हुने भन्नेमा प्रमुख दलहरूबीचको विवादका कारण बिहीबारको संसद् बैठक अनिश्चित भएको हो। दलहरूबीच बुधबार रातिदेखि बिहीबार बिहानसम्ममा कुनै नाटकीय समझदारी बनेको अवस्थामा बाहेक बिहीबार संसद् बैठक नै नबस्ने वा सत्तापक्षबाटै अवरोध हुने स्थिति आएको हो।

असार २९ र ३१ का बैठकका लागि तय भएका तीन वटा आश्रित विधेयक टुंग्याएरमात्रै अन्य विषयमा प्रवेश गर्ने सत्तापक्षको अडानविपरीत सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि बिहीबारको मिति तोकेकी छन्। ‘अविश्वास प्रस्ताव दर्तापछिको बैठकमा समेत कायम रहेको सरकारी बिजनेस कता हरायो? हामी सभामुखलाई सोधिरहेका छौं,’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले भने, ‘सदनमा विचाराधीन सरकारी बिजनेस टुंगो नलागी संसद् अन्य विषयमा प्रवेश गर्न सक्दैन।’

संसदको कार्यसूची विवाद समाधानका लागि सभामुख ओनसरी घर्तीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनीहरूकै निवासमा पुगेर परामर्श गरे पनि दलहरूबीच ठोस समझदारी बनिहाल्ने सम्भावना न्यून छ। राष्ट्रपति विद्या भण्डारीसँगको भेटबाट सुरु भएको सभामुख घर्तीको दौडाहा साँझमा कार्यव्यवस्था परामर्श समितिको बैठकसम्म जारी थियो।

सभामुखसँगको भेटमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले कार्यसूची विवाद समाधानका लागि प्रयास गर्ने उल्लेख गर्दै त्यस्तो सहमति नभएको अवस्थामा सभामुखले चाल्ने प्रत्येक कदममा साथ दिने वचन दिएका छन्। अध्यक्ष दाहालले आफूहरू सरकारबाट बाहिरिएर अविश्वास प्रस्ताव दर्ता गराए पनि राजनीतिक सहमति निर्माणमा अझै प्रयास जारी राखेको बताएका थिए। कांग्रेस सभापति देउवाले सहमति नभएको अवस्थामा ‘सभामुखलाई अप्ठ्यारो नपर्ने गरी काम गर्ने’ वचन दिएको स्रोतले जनाएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षले तीन वटा आर्थिक विधेयकलाई कार्यसूचीमा पूर्ववत् राखिएमा बिहीबारै प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु गर्न तयार रहेको जनाउ दिएको थियो। त्यसप्रति कांग्रेस नरम रहे पनि माओवादी केन्द्रले सभामुखले तोकेअनुसार बिहीबार सोझै अश्विास प्रस्ताव टेबल गर्ने कार्यसूची बन्नुपर्ने अडान राखेको छ। कार्य व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछोडेपछि सभामुख घर्तीले बिहीबार बिहान प्रमुख तीन दलका शीर्ष नेतासँग थप परामर्शपछि निष्कर्षमा पुग्ने बताएर बैठक टुंग्याएको छलफलका एक सहभागीले बताए। उनले बिहीबार बिहान ९ बजेका लागि सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक डाकेकी छन्।

आर्थिक विधेयकसम्बन्धी सरकारी कार्यसूचीलाई हटाउने र सत्तापक्षसँगको परामर्शबिना सोझै अविश्वास प्रस्ताव प्रवेश गराउने सभामुखको कदमप्रति प्रधानमन्त्री केपी ओली, एमाले संसदीय दल र सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकले गम्भीर आपत्ति जनाएपछि सभामुखले सहमतिका लागि संवाद सुरु गरेकी हुन्। कार्यसूचीबाट आश्रित विधेयक हटाउने र प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका लागि मिति तय गर्नुअघि भने सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेकी थिइनन्।

माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै सभामुख घर्तीले असार २९ को पहिलो बैठक अपराहन ३ बजे सारेकी थिइन्। त्यसै दिन ३ बज्न २० मिनेटअघि सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता नभए पनि माओवादी केन्द्रले आर्थिक विधेयक पारित गर्ने कार्यसूची अघि नबढाउन दबाब दिएको थियो। अपराहन ३ बजेअघि नै कांग्रेससित मिलेर संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि भने माओवादी केन्द्रले आर्थिक विधेयक अघि बढाउने काम नयाँ सरकार गठनपछि मात्रै गर्ने रणनीति लिएको थियो।

सभामुख घर्तीले पहिलो बैठक सार्ने बेला बजेटसँग सम्बन्धित विधेयक पारित गर्ने पक्षमा रहेको बताएको तर माओवादी केन्द्रको निर्णयपछि आफूहरूसँग परामर्शसमेत नगरी सोझै अविश्वास प्रस्तावमा छलफल गर्ने मिति तोकेको आरोप सत्तापक्षको छ। २०५४ असोजमा संसदको ११ औं अधिवेशन जारी रहेका बेला दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको दिनमा समेत नियमित कार्यसूचीमा छलफल भएको दृष्टान्त प्रस्तुत गर्दै सत्तापक्षले सभामुखको कदम सच्याउन दबाब दिएको छ।

प्रमुख प्रतिपक्ष कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतकहरूले भने सरकार अल्पमतमा परेको उल्लेख गर्दै परिवर्तित परिस्थितिमा असार २९/३१ को कार्यसूचीमा फर्कन नमिल्ने धारणा राखेका थिए। उनीहरूले दलहरूबीचको विवादका कारण असार २९ र ३१ मा संसद् चल्न नसकेको विषयलाई लिएर सत्तापक्षले सभामुखलाई अनावश्यक विवादमा तानेको भन्दै बैठकको कार्यसूची हेरफेर गर्ने अधिकार सभामुखमा निहित भएको बताएका थिए। सत्तापक्षले भने आर्थिक विधेयकमाथिको छलफलको मिति र समय प्रधानमन्त्री वा निजका प्रतिनिधिसँगको परामर्शमा सभामुखले तोक्ने नियमावलीको प्रावधान उल्लंघन भएको दाबी गरेको छ।@ कान्तिपुर |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution