नेपाल तामाङ घेदुङ कुवेत द्वारा तामाङ भाषा र लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

दिलकुमार पाख्रिन, कुवेत
जुलाई १५, देशले पहिचान मागिरहेको बेला तामाङ जातिको उत्थान, भाषा संस्कृति, भेषभुषा र रितिरिवाजको संरक्षण गर्नुपर्छ भनेर २०१० मा कुवेतमा गठन भएको नेपाल तामाङ घेदुङ कुवेतले नेपालबाट प्रशिक्षक ल्याएर तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
हिजो नेपाली सभागृहमा घेदुङ्ले आन्तरिक कार्यक्रम गर्दै प्रशिक्षण कार्यक्रम समापन गरेको थियो। बिश्वभरमा रहेको ५० लाख भन्दा बढी तामाङहरुले बोल्ने भाषामा भाषिक विविधता भए पछि भाषिक एकरुपता ल्याउन जरुरी छ भन्दै यो लिपि भएर पनि लेख्ने चलन नभएकोले यस्तो भएको भन्ने निस्कर्षमा पुगेर केन्द्रद्वारा नै देश विदेशमा व्यापक अभियान चलाइएको प्रशिक्षक, निवर्तमान घेदुङका केन्द्रिय सचिब तथा अन्तराष्ट्रिय तामाङ परिषद का सचिव प्रतीक ङेशुर तामाङले बताएका छन्।
अन्तरिम संबिधान, लोकतान्त्रिक गणतन्त्र, पहिचान सहितको संघियता र धर्म निरपेक्षताको ठूलो मुद्दा उठाउँदै देशमा राजनैतिक अस्थिरताका बिच ढलमल ढलमल गर्दै आज सम्म आइपुगेको छ । १० बर्षे जनयुद्धको समाप्तिसंगै चर्को बहस र यी मुद्दाहरुलाइ संस्थागत गर्ने शिलशिलामा धेरै असमझदारीहरु आइरह्यो। तर आदिवासी र उत्पीडित बर्गहरुको मुद्दालाइ बेवास्ता गरिरहँदा सरकार स्थिर रहन नसकेको पनि मुल्यांकन गर्न सकिन्छ।
५ जुलाइ २०१६ मा नेपालबाट कुवेत आइपुगेका तामाङ्ले माहबुल्ला र फर्वानियालाई प्रशिक्षण केन्द्र बनाएर प्रशिक्षण गराएका थिए। प्रशिक्षण कार्यक्रममा कुवेत भरी छरिएर रहेको तीन दर्जन भन्दा बढी तामाङहरु सहाभगी थिए। १५ घन्टा ध्यान दिएर अध्यायन गरे स्पष्ट लेख्न र पढ्न सकिने हुन्छ, भन्ने मान्यता राख्ने प्रशिक्षक तामाङले कुवेतका तामाङहरु धेरै लगनशील र तामाङ लिपिप्रती बढी उत्सुक रहेको, अपेक्षा गरे भन्दा बढी प्रगति भएको बताएका छन्। लिपि प्रशिक्षण समबन्धि कार्यक्रम गर्ने नेपाल तामाङ घेदुङ कुवेत पहिलो बनेको समेत उनले बताएको छ।
बेलुका ७:०० बाट शुरु गर्ने भनिएको कार्यक्रम प्राबिधिक कारण ८:३० बाट शुरु भएको थियो। कार्यक्रम्मा सबै ४० प्रशिक्षार्थिहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो। संस्थाका सल्लाहकार आशबहादुर लोप्चनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रशिक्षक तामाङलाइ सल्लाहकार आशबहादुर लोप्चन केन्द्रिय सदस्य तथा सल्लाहकार राम लामा अध्यक्ष अमृत तामाङले दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। संस्थाका पदाधिकारीहरु र सदस्यहरुले खदा ओढाएर सम्मान गरेका थिए। कार्यक्रम संस्थाका सचिव कृष्ण सिङ्तान तामाङले सन्चालन गरेका थिए। कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार राजेन्द्र तामाङलाई पनि सम्मान गरिएको थियो । सल्लाहकार गिता तामाङ, आशबहादुर लोप्चन, राम लामा, सानू लामा, अध्यक्ष अमृत तामाङ्ले प्रशिक्षक तामाङलाइ कद्दर पत्र तथा संस्थागत मायाको चिनो प्रदान गर्नुभएको थियो भने, केन्द्रिय सदस्य तथा सल्लाहकार श्री राम लामाले ब्यक्तिगत मायाको चिनो दिइसकेपछी कार्यक्रमका सभापति अमृत तामाङले कार्यक्रम समाप्न भएको घोषणा गरेको थियो।
प्रशिक्षक तामाङ लामो समय सम्म रेडियोमा काम गरेका पत्रकार हुन भने “छार गोङ्बा” मासिक पत्रीकाका प्रधान सम्पादक पनि हुन । छार गोङ्बा हाल सम्मा १४२औं अंक प्रकाशित भई सकेको छ। त्यत्ती मात्र नभै , उनि अहिले देशव्यापी रुपमा तामाङ लिपि प्रशिक्षण अभियानका अभियान्ता पनि हुन। प्रतिकले अहिले सम्म नेपालका ११ भन्दा बढी जिल्लाहरुमा अलग अलग स्थानमा प्रशिक्षण तालिम दिइसकेका छन्।
@ प्रवासी खबर |