हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

स्थानीय तहको पुनः संरचना यसरी गर्न सकिन्छ – कुमार योन्जन तामाङ

-कुमार योन्जन तामाङ

केही समयता स्थानीय निकाय निर्वाचनको कुरासँगै स्थानीय तहको पुनःसंरचना गर्ने कुरा बहसमा हुन थालेको छ । हालै स्थानीय निकाय पुनःसंरचना आयोगले केही प्रारम्भिक प्रस्ताव पनि अघिसारेको छ ।

kumarपूर्वमन्त्री गोपाल किरातीले संघीयताको बहस गर्दा गाविसलाई जोडेर ८०० मा झार्नुपर्ने प्रस्ताव धेरै अघि नै गर्नुभएको थियो । अहिले बहस त्यतै केन्द्रित देखिन्छ ।

वर्तमान अवस्थामा नेपालमा २१७ नगरपालिका र ३,१५७ गाविस रहेको तथ्यांकले बताउँछ । नगरपालिकालाई छाडेर हालका गाविसलाई मिलाएर स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने अवस्था छ । यसको अर्थ नगरपालिका छुन हुँदैन भन्ने होइन । स्थानीय तह पुनःसंरचना गर्दा के आधारमा बनाउने भन्ने प्रश्न मुख्य हुन्छ ।

वर्तमान संविधानले जिल्लातहको परिकल्पना नगरे पनि समन्वयकारी जिल्लासभा परिकल्पना गरेको देखिन्छ । त्यस हिसाबले जिल्ला रहने र जिल्लाभित्र नगर र गाउँपालिका र गाउँपालिकाभित्र वडा रहने कुरा स्वतः बुझ्न सकिन्छ । यस हिसाबले स्थानीय सरकारअन्तर्गत तीन तह हुने देखिए पनि सरकारका रूपमा भने दुई तहमात्र हुने देखिन्छ । यसप्रकार तहगत पुनर्विभाजन गर्दा अब बन्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्रसमेत छुट्याउन सहज हुने ढंगले गर्न आवश्यक हुन्छ । सामान्यतः एक जिल्ला एक प्रतिनिधि हुने र बाँकी जनसंख्याका आधारमा प्रतिनिधित्व हुने भन्ने संविधानको मक्सद बुझिन्छ ।

अहिले जिल्लागत गाविसको स्थिति हेर्दा सबैभन्दा कम गाविस हिमाली जिल्ला मनाङ १३, मुस्ताङ १६, रसुवा १८ र सबैभन्दा बढी गाविस तराईका जिल्ला सप्तरी ९६, सर्लाही ८८, रौतहट ८४ रहेका छन् । जनसंख्याको वितरण पनि ठीक यसरी नै रहेको बुझ्न सकिन्छ । यस हिसाबले हिमाल, पहाड र तराईका जिल्लाको गाविस मिलान एउटै मापदण्डका आधारमा हुन सक्ने अवस्था देखिँदैन ।

त्यसैले जिल्लागत जनसंख्या, जिल्लागत गाविस संख्या, भौगोलिक स्थिति र भावी निर्वाचन क्षेत्र निर्धारणजस्ता विषयलाई सन्तुलित ढंगले विश्लेषण गरेरमात्र स्थानीय तहको पुनःसंरचना गर्न सकिन्छ । हल्का ढंगले ९-१० गाविस जोडेर एउटा गाउँपालिका बनाउन सकिन्छ भन्नु वस्तुसंगत हुँदैन । साथै, नगरपालिका २१७ भएकाले गाउँपालिका पनि त्यसैका हाराहारीमा हुनुपर्छ भन्ने तर्क पनि युक्तिसंगत लाग्दैन । अहिलेको प्रारम्भिक सिफारिस त्यसरी नै आएको हो कि भन्ने भान हुन्छ । साढे ३१ सय गाविसलाई एकैचोटि साढे तीन सय गाउँपालिकामा झार्ने कुराले जनताप्रति उत्तरदायी, जनमैत्री एवम् जनताका समस्याप्रति संवेदनशील राज्य संरचना बनेको सन्देश जाँदैन ।

नेपाल गाउँ नै गाउँले बनेको देश हो । विकासको गतिमा पछाडि परेका देशमा नगर कम र गाउँ बढी हुनु स्वाभाविक हुन्छ । ग्रामीण, विकट र कठिन क्षेत्रमै गाउँपालिका बन्ने हो । नेपाल तराई १७.४ प्रतिशत भू–भागबाहेक अन्य सबै पहाड र हिमाली क्षेत्रले ढाकिएको देश हो । अहिले पनि सामान्य त ८४ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बस्छन् । विश्व बैंकको २०१४ को तथ्यांकअनुसार ८१.८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमै छन् ।

यस हिसाबले १६—१८ प्रतिशत जनसंख्यामात्र नगर क्षेत्रमा बस्छन् । त्यसकारण नगरका तुलनामा गाउँपालिका स्वाभाविक रूपमा बढी हुन्छन् र हुनुपर्ने हुन्छ । किनकि विकट र कठिन क्षेत्रमा गाउँ संरचना बनाउँदा जनताको सेवा प्रवाहको स्थितिलाई सहज बनाउने हिसाबले सोच्नुपर्छ । त्यहाँको भौगोलिक विकटताका कारण जनसंख्या कम, क्षेत्र ठूलो हुने हुन्छ । यस्तो अवस्थामा सहज पहुँच कसरी हुन्छ भन्ने हिसाबले संरचना निर्माण गर्नुपर्छ । यो स्वाभाविक रूपमा बुझ्न सकिने कुरा हो । गाउँपालिका जति धेरै, सानो एकाइ र जनताको नजिक बनाउन सकिन्छ, जनताको समस्याप्रति राज्य त्यति नै उत्तरदायी हुने हुन्छ । राज्यको सबैभन्दा तल्लो एकाइ भनेको वडा हो । वडा कार्यालयमा आइपुग्न नै जनताले डेढ÷दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने भयो भने राज्यबाट सेवा पाउने कुरा दुरह हुन्छ । यसतर्फ ध्यान जान जरुरी छ ।

गाविस जान जिल्ला सदरमुकाम गएजस्तो दिन माया मारेर वा बास बस्नेगरी जानुपर्ने स्थिति हुनुहँुदैन । हामीले स्थानीय तहको नाममा अर्को जिल्ला बनाउन खोजेको पक्कै होइन । गाउँपालिका कार्यालय जनताले तीन÷चार घन्टामा आउन जान सक्ने सहज दूरीमा हुनुपर्ने हुन्छ । जब हामी ९÷१० गाविस एक ठाउँ जोड्छौं, यातायातको पहुँच नहुनु तथा भौगोलिक विकटताका कारण हिमाली, पहाडी क्षेत्रमा त्यो सम्भव नै हुँदैन । यस हिसाबले सालाखाला बढीमा ५÷६ गाविससम्म एकठाउँ जोड्न सकिन्छ । अझ सहज बनाउने हो भने सालाखाला तीन÷चार गाविसभन्दा बढी एक ठाउँ गाभ्नुहुँदैन । त्यसो गर्दा अहिलेको गाविसको वडाको हिसाबअनुसार पनि पाँच गाविस जोड्ने हो भने कम्तीमा ४५ वडा हुनुपर्ने हुन्छ । अतः अबका गाउँपालिकामा वडा नबढाई चुस्त सेवा प्रवाह सम्भव हुँदैन । एउटा सिंगै गाविस एक वडा हुने स्थितिले सेवा प्रवाहमा निकै ठूलो असर गर्छ भन्ने कुरा स्वतः बुझिने कुरा हो । यसअनुसार जिल्ला तहमा स्थानीय तह तीनदेखि पाँच होइन कम्तीमा पाँचदेखि नौसम्म हुनु उपयुक्त हुनेछ र त्यसअनुरूप वडाहरू पनि बनाउन आवश्यक हुन्छ ।

यसले कम्तीमा पनि गाउँपालिका ६०० भन्दा माथि हुनुपर्ने कुराको माग गर्छ र त्यसो गर्दा पनि वडाका एकाइ नगरको जस्तै जनसंख्या र भूगोलका आधारमा बढाउन आवश्यक हुन्छ । अलग्गै सेवाकेन्द्र बनाउन सकिएला तर वडाले गर्ने काम सेवा केन्द्रले पूरा गर्छ भन्ने लाग्दैन । गाउँपालिकाले नै सेवा केन्द्रको काम गर्नेगरी संरचना बनाउनु झन् उपयुक्त हुन्छ । गाविस कार्यालयमा आइपुग्न पनि जनताले बास बस्नुपर्ने अवस्था आयो भने जनताका लागि त्यस्तो सरकार हुनु नहुनुमा केही फरक पर्दैन । परिवर्तनको अनुभूति दिन नसक्ने हो भने नारामा हुने परिवर्तनले अर्थ राख्दैन ।

साथै, समुदायहरूको सांस्कृतिक सघनतालाई छुट्याउने होइन बरु जोड्नेगरी गाउँपालिकाको संरचना निर्माणमा जोड दिनुपर्छ । विगतमा नेताको मतदाताका आधारमा यस्ता सघन क्षेत्र विभाजन गर्ने काम पनि भएका छन् । त्यस हिसाबले पनि यसलाई बुझ्न जरुरी होला । यसले स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र निर्माणमा पनि सहयोग गर्छ ।

अर्को कुरा, स्वायत्त तथा संरक्षित क्षेत्र निर्माणको आधारबारे थप प्रस्ट हुनुपर्ने अवस्था छ । यस्ता क्षेत्र निर्माणको मुख्य आधार फेरि पनि भाषिक, सांस्कृतिक एवम् जनसंख्यागत हिसाबले समुदायको सघन बसोबास र समुदायको सघन बसोबासको भूगोल नै हो । फेरि पनि समुदायगत रूपमा उनीहरूसँग बसेर छलफल गर्ने र उनीहरूका भावना बुझ्ने कुरा आयोगका लागि पनि महत्वपूर्ण हुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution