तामाङ भाषाको चलचित्र ‘रानी’ हेरेपछि …..

तामाङ फिल्म “रानी” हेरियो। केहि अनुभूत ।कथा गजबकै छन् तर अहिले 4G को जमानामा 1/2 G को कति slow अभिनय।दाबाङ को जमानामा सोले को अभिनय । Anu Shah को जमानामा जल शाह को अभिनय।अनमोल केसी को जमानामा भुवन केसी अभिनय । अर्थात नयाँ जमानामा पुरातन अभिनय ।
आधुनिक समयमा आधुनिकीरण र आधुनिकताको अभिनय हुनु पर्छ भन्ने मेरो धारणा हो। किनकि नयाँ पुस्ताले Hollywood, Bollywood, हेरेको हुन्छन् र त्यसमा देखाएको रिल 4G/5G हुन्छ। आज भोलि प्रय नेपाली फिल्म र राजेश हमालको अभिनय लाई त दर्शकले हेर्न रुचाउदैन। किनकि त्यो आधुनिकीरण अभिनय होईन। त्यसैले हामी तामाङ हरु ले पनि नयाँ समय सपेक्षित प्रति ध्यान पुग्नु जरुरी सोच्न किन नहुने? ?
म दक्षिण भारतमा बस्छु र म दक्षिण भारतीय फिल्म धेरै हेर्छु। यस दक्षिणी राज्यको सिनेमाले आफ्नो भाषा, संस्कृति लाई आधुनिकीरण गरि अभिनय गरेर हिन्दी सिनेमा लाई टकराव दिन्छन् । तसर्थ अहिले नेपालमा निर्माण समग्री धेरै कामी कमजोरी भएकाले पनि हुन सक्छ तर कालन्तरमा यसलाई आधुनिकीरण बनाएर नयाँ पुस्ताको रुचि अनुरूप निर्माण गरे तामाङ सिनेमा सबैको रुचि हुनेमा कुनै दुविध देख्दिनँ।
र नेपाली फिल्म भन्दा कमजोर नहुनेमा मैले सम्भावना देख्दछु ।
Fighting slow vayo. अनि पुरानै स्टाईल। Emotional को अभिनय ले खासै emotion उत्पन्न गराउन नसक्ने देखियो। संवाद मा कुनै मज्जा लागेन र अन्य केहि कारण हरु देखियो जसलाई हेर्दा हाम्रो तामाङ सिनेमा भर्खर कदम चल्दै रहेको अनुभूत भयो । र मनमा हामी तामाङ धेरै पछाडी रहेछ भन्ने महसुस भयौ । तर हाम्रो इतिहास नै त्यस्तो थियो।
त्यसैले हारेस खाने होईन उच्च सफलता हासिल गर्ने जमर्को गरिरहेको छन् र सम्भावना पनि रहेको ले म ढुक्क छु। एक दिन नेपाली सिनेमा संग बराबरी हुनेछ ।त्यसैले सम्बन्धित पक्षले यस विषयमा गहिरो विचार पुर्याउन म एक तामाङ दर्शक को नाताले ध्यानकर्षण गराउदा छु।
हामी आधुनिक सपेक्षित परिवर्तन सबै क्षेत्रमा होस् भन्ने चाहना भएको जनकारी अवगत गराएको हो। अन्यथा नलिनु होला। परम्परा रितिरिवाज झल्किनु पर्छ तर पुरानै संस्कृति जपेर मात्रै नयाँ शताब्दीमा तामाङ को पहुँच उच्च हुने छैन जस्तो लाग्छ ।संस्कृति लाई जोगाउनु पर्छ तर संस्कृति अपरिवर्तनीय विषय त पक्कै होईन होला।समय संगै आधुनिकतामा परिवर्तन गर्न किन नमिल्ने ?
र अहिले को समय, पुस्ता, अनि दुनियाँको स्टेज मा हेरेर तामाङले आधुनिकता लाई अपनाउन नमिल्ने पनि होईन होला। सारा दुनियाँमा मिल्छ भने हाम्रो समाजमा किन नमिल्ने? अरुको परम्परा नभएको पनि होईन नि। सबै को परम्परा, संस्कृति छ। तामाङको पनि छ तर तामाङको संस्कृति लाई आधुनिकारण बनाउनु पर्छ |यसको मतलब छोटो छोटो कपडा लगाएर अर्चना पनेरु बनाउनु पर्छ भन्ने होईन।
जस्तै action, love story, family drama, emotional story अनेक विषयमा आधारित कथा बन्न सक्छ यसलाई अभिनय गर्ने अभिनेता र अभिनेत्री हरु को अभिनयमा सुधार गर्नु पर्छ।
जस्तै फाईट अभिनय गर्दा ययययययययय भनेर छुस छुस हाने जस्तो, ढाले जस्तो त्यो पनि 1/2G जस्तै slow. केटाकेटी खेले जस्तो अभिनय हरु छन्। यस्तो अनेक अभिनय छन् जसले नयाँ पुस्तालाई बोरिङ बनाउँछ ।
फिल्म मुख्यतः मनोरञ्जन को निमित्त हुन्छ त्यसैले दर्शकलाई मनोरञ्जन दिने खालको फिल्म निर्माण गर्नु पनि आवश्यक हुन्छ। नेपाली, हिन्दी र अन्य फिल्म पनि कालन्तरमा परिवर्तन भइ अहिले सम्म आउँदा कति परिवर्तन भएको छ त्यो हामी सबैले प्रत्यक्ष देख्ने यथार्थ हो।यि फिल्म हरु लामो समय पछि अहिले आधुनिकारण सम्म पुगेको छ।
पुरानो समय मा सुपर नै थियो तर आज पुरानो पुरानो नै भयो। अब हामी तामाङ पनि २१औ शताब्दीमा प्रवेश भइ सकेको छन के अब हामी परिवर्तन हुना २२औ शताब्दी कुर्नु पर्ने?
किन यहि शताब्दीमा अरु फिल्म जसरी आधुनिकता भइ बराबरी हुन सक्दैन ? हामी तामाङ २१ औ शताब्दीमा पनि २० औ शताब्दीकै अभिनय नक्कल गरिरहनु पर्ने ?
त्यसैले समय सपेक्षित विचार गर्दा संस्कृति नै विकृति हुन्छन् त ?
यस्तो गलत मात्रै सोचेर परिवर्तन नचाहने हो भने हाम्रो सिनेमा क्षेत्र २२औ शताब्दी सम्म पनि उस्तै रहनु पर्ने होला जुन १८ औ शताब्दीको संस्कृति जापेको हुन्छ।
तसर्थ आधुनिक संस्कृति विपरित हो सोच्नु समुदायलाई नै पुरानै शताब्दीमा यथावत कायम गरि आधुनिक दुनिया मा असुहाउदो र पाखे साबित गराउनु मात्रै हो। र यस्तो नयाँ पुस्ताको रुचि होईन त्यसैले समय, पुस्ता, परिवर्तनमूलक परिवेश लाई ध्यान पुग्नु अति जरुरी छ।
त्यसैले जति सक्दो चाडो विचार नगरे हामी पछाडि नै हुने छ। तामाङ सिनेमा व्यवसायीकरण मात्रै नभइ समुदायको अभिव्यक्ति पनि भएकाले आज मैले सम्बन्धित सबै लाई ध्यानकर्षण गराउन चाहे ।
थुजेछे!
जय तामाङ सिनेमा।
गेलोङ तारा तामाङ।
“आधुनिक बुद्धिज्म को अभियान्ता”