हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

राजधानीका एक दम्पतीले आफ्ना गोप्य क्षणको लागि खिचेको यौन भिडियो बाहिरिएपछि…..

साउन ४, राजधानीकै एक दम्पती जसले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै खिचेको यौन भिडियो बाहिरिएपछि प्रहरीको शरणमा पुगेका छन् ।

बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् ।

त्यो भिडियो आफूसँग् सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो ।

ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे । कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ । पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्, महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने हामीले अनुसन्धान अघि बढाएका छौं।

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन ।

महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन् । नागरिक दैनिकमा खबर छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution