हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काठमाडौंमा प्रवेशीका उत्तीर्ण शेर्पा विद्यार्थीहरु सम्मानित

sherpaa

काठमाडौं – यस बर्ष प्रवेशीका परीक्षा (एसएलसी) उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपाल शेर्पा विद्यार्थी मञ्चले राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । उपप्रधानमन्त्री सिपी मैनालीले उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरे । आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई एसएलसीपछि कुन विषय लिएर पढ्ने भन्ने विषयमा जानकारी दिएको संयोजक आङ ङिमा शेर्पाले जानकारी दिए ।

आयोजित कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुले नै राष्ट्र निर्माण र समृद्धीको लागि भूमिका खेल्ने भएकाले पढाईमा मिहिनेत गर्नुपर्ने बताए । जीवनको सवै भन्दा अपरिहार्य सम्पती पढाई भएको बताउँदै शेर्पाले उच्च शिक्षा हासिल गर्ने सन्दर्भमा कुनै खाले सम्झौता गर्नु नहुनेमा उनले जोड दिए । त्यस्तै, हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले विद्यार्थीहरुले औपचारिक शिक्षाका साथमा संस्कार, संस्कृती, रितिरिवाज र परम्परालाई पनि सिक्नु पर्ने बताए । नेपाल शेर्पा संघका अध्यक्ष आङ दार्जी शेर्पाले समुदायलाई समृद्धीको मार्ग हुँदै राज्यको उच्च निकायमा पुग्नका लागि विद्यार्थीहरुले मिहिनेत गर्नुपर्ने बताए । अभिभावकहरुले पनि अनावश्यक क्षेत्रमा भन्दापनि शिक्षामा लगानी बढाउनुपर्ने अध्यक्ष शेर्पाले जोड दिए । पूर्व मन्त्री आङ छिरिङ शेर्पाले राज्यको विभेदकारी नीतिका कारणले शेर्पा समुदाय राज्यको प्रतिष्ठित निकायमा पुग्न नसकेको बताए ।

बर्षेनी सयौं शेर्पाहरुले उच्च शिक्षा हासिल गर्ने गरेपनि राज्यले समान ढंगले अवसर नदिँदा आफूहरुपछि परेको मन्त्री शेर्पाको भनाइ छ । सवै नागरिकलाई राज्यले हेर्ने दृष्टिकोण समान हुनुपर्नेमा शेर्पाको जोड थियो । वर्तमान राजनैतिक मुद्दाहरुसँग विद्यार्थी नजिक हुनुपर्ने शेर्पाले बताए । त्यस्तै, शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पाले शिक्षामा महिलाको पहुँच वृद्धि भइरहेको भन्द्र खुसी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि, महिला वालवालिका तथा समाज कल्याण मन्त्री समेत रहेका मैनालीले राज्यले सवै जाती, वर्गलाई समान ढंगले हेर्ने नीति अबलम्बन गर्ने बताए । वर्तमान सरकारले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन र सम्मानजनक व्यवस्था सिर्जना गर्न लागेको बताए । सहजकर्ता छिरिङ शेर्पाले अध्ययन महत्वपूर्ण विषय भएकोमा जोड दिए । शिक्षाले चेतनास्तर अभिबृद्धि गर्ने जनाउँदै उनले शिक्षित समाज नै सभ्य र समृद्ध हुने भएकाले पढ्ने कुरामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए । कार्यक्रममा गायक लाक्पा शेर्पा अमोद, छिरिङ शेर्पाले गाएर सहभागिलाई मनोरञ्जन दिलाए ।

कार्यक्रममा केन्द्रीय गलैचा उद्यो्ग संघका अध्यक्ष आङ छिरिङ शेर्पा, आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा ‘किसान’, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा युवा संघका अध्यक्ष जाङबु शेर्पा, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा लगायतको उपस्थिती थियो । मञ्चका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव आङ दोर्जी शेर्पाले गरेका थिए ।

@ लाक्पा जी. शेर्पाबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution