हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एम्नेष्टी द्वारा कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि ज्यादती भएको सार्वजनिक

ई४ साउन, काठमाडौं । एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ ।

कैलाली सदरमुकाम धनगढीस्थित जेलमा रहेकाहरुलाई भेटेपछि एम्नेष्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो । जहाँ टीकापुर घटनापछि हत्या, हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकाहरुलाई राखिएको छ ।

गत भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

थारु समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एम्नेष्टीका दक्षिण एसिया निर्देशक चम्पा पटेलले भनिन्, ‘यो कहिलेकाहीँ मात्र हुने घटना होइन ।’

एम्नेष्टीका अनुसार जेलमा रहेका १९ मध्ये १८ जनाले पक्राउ परेदेखि नै यातना दिइएको बताएका छन् । एक अभियुक्तले आफूलाई पक्राउ गरेलगत्तै पिट्न थालेको र कुटाइका कारण आफू बेहोस भएको बताएका छन् ।

अर्का अभियुक्तले बाँसको लठ्ठी, बुट, हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् । आफूहरुलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् ।

एम्नेष्टीका अनुसार अधिकांशलाई प्रहरीले बलपूर्वक अपराध कबुल गर्न लगाएको छ । प्रहरीको कुटपिटपछि अभियुक्तहरुलाई उपचार समेत नदिएको उनीहरुको आरोप छ ।

अदालतको आदेशपछि रामप्रसाद चौधरीले भने उपचार पाएका छन्, जो प्रहरीको कुटपिटका कारण विरामी भएका थिए । बाँकीले भने उपचार नपाएको एम्नेष्टी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेष्टीले टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमाथि भएको यातनाबारे छानविन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ । साथै उनीहरुलाई उपचारको उचित बन्दोबस्त गर्न माग गरेको समाचार अनलाइन खबरमा  छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution