हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण

बनेपा, साउन ४ गते । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिका ९८ जना रहेका छन् ।

विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैर सरकारी संस्था नेपाली प्राविधिक समूह (एनट्याग) का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिनुभयो ।

“अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उहाँले भन्नुभयो । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिनुभयो ।

सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो ।
उहाँका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ ।

शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ ।

जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाउनुभयो ।

“भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उहाँले भन्नुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution