नेपाल तामाङ घेदुङ इजरायलको भ्रमण कार्यक्रम सफलतापुर्वक सम्पन्न

तेलअविव,इजरायल |नेपाल तामाङ घेदुङ,इजरायल द्वारा शैक्षिक कोष अभिवृद्धि गर्ने उद्धेश्यका साथ गएको १६ जुलाई २०१६ (शनिबार)का दिन जोर्डन रिभरमा राफटिङको लागि राखेको भ्रमण कार्यक्रम ३ बस यात्रु सहित सफलतापुर्वक सम्पन्न गरेको छ |
नेपाल तामाङ घेदुङ,इजरायलले यसअघि नै संस्थाको कोषबाट शैक्षिक कोषको लागि नेपाली एक लाख रुपियाँ छुट्टाई सकेको र भ्रमणबाट आएको मुनाफ सहित यथासिघ्र नेपालमा शिक्षाको लागि पठाउने जानकारी संस्थाकी अध्यक्ष कल्पना मोक्तान तामाङले तामाङ अनलाइनलाई जानकारी दिए |
घेदुङले शैक्षिक कोष अभिवृद्धि गर्ने उद्धेश्यको साथ भ्रमण कार्यक्रम आयोजन गरेकोमा ह्योल्मो समाज ,इजरायलबाट सहयोग स्वरूप इजरायली नगद २५० सेकेल (दुई सय पचास) प्राप्त भएको जानकारी संस्थाकी महासचिब गोमा ख्युङ्वा तामाङ (शरिन तामाङ) ले जानकारी दिए |
यसै गरी भ्रमण कार्यक्रम सफल पार्न भ्रमणमा सहभागी हुनु भएका सम्पूर्ण महानुभावज्यूहरुलाई नेपाल तामाङ घेदुङ,इजरायल द्वारा धन्यवाद व्यक्त गरेको छ |