हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

उत्तर कोरिया पुनः क्षेप्यास्त्र परीक्षणको तयारीमा – दक्षिण कोरिया

north-korea t
सोल, साउन ३ गते । दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ ।

उत्तर कोरियाका आणविक क्षेत्रका विभिन्न क्रियाकलापहरु हेर्दा उसले फेरि पनि यस्तो तयारी गरिरहेको जानकारी पाइएको दक्षिण कोरियाली ती अधिकारीले जनाएका छन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले पछिल्ला केही दिनयता देखाएको क्रियाकलापले उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिनुभयो ।

आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योडोले उत्तर कोरियाका केही सङ्कास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्काे परीक्षणको तयारी गरेको बुझिएको समाचारमा जनाएको थियो ।

तर कुन क्षेत्रमा उसले के कस्तो खालाको क्षेप्यास्त्र हान्दैछ भन्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दक्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयले भनेको छ– के कस्तो परीक्षण हो भन्ने बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षणको नै उसको तयारी भएकोमा भने आफूहरुले जसरी पनि पत्ता लगाउने रक्षामन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो । त्यस यता के हुदैछ भन्ने बारेमा कुनै अध्ययन गरिएको र हालैका दिनमा भने उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको र सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो ।

उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि गर्नुभएको सम्बोधनका क्रममा उहाँले दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुंगो लगाउने बताउनुभएको थियो ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको उत्तर कोरियाले रोेकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् । रासस÷एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution