हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी

काठमाडौँ, साउन ३ गते । स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।

पछिल्लो समयमा नेपाली सञ्चारमाध्यमको विकास भएसँगै हाल कार्यान्वयनमा रहेको आचारसंहिता ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधित तथा परिमार्जित–२०६४) ले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्न नसकेकाले नयाँ आचारसंहिता ल्याउन लागिएको हो ।

“विसं २०६० को आचारसंहिता छापा माध्यमसँग मात्र केन्द्रित भएको देखिन्छ, तर अहिले रेडियो, टेलिभिजन र नयाँ सञ्चारमाध्यमका रूपमा आएको अनलाइनलाई समेट्ने गरी आचारसंहिता ल्याउने तयारी गरिएको छ” – काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भन्नुभयो ।

पहिले पत्रकार र सञ्चारमाध्यमको सङ्ख्या न्यून भएको र अहिले सङ्ख्यामा वृद्धि भएसँगै आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको हुँदा नयाँ आचारसंहिता आवश्यक परेकाले साउन तेस्रो साताभित्रमा नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको अध्यक्ष कार्कीको भनाइ छ ।

नयाँ आचारसंहिता तयार गर्नका लागि काउन्सिलको तर्फबाट अध्यक्ष कार्कीसहित तीन, नेपाल पत्रकार महासङ्घको तर्फबाट अध्यक्ष डा महेन्द्र विष्टसहित पाँच र एक मधेसी समुदायको पत्रकारसहित नौ जनाकोे कार्यदल बनेको छ । कार्यदलले आचारसंहितालाई पूर्णता दिन सञ्चारविज्ञ, सञ्चारमाध्यम र सञ्चारसँग सम्बन्धित सङ्घसंस्था र सङ्गठनका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आएको छ ।

हाल कार्यान्वयनमा रहेको पत्रकार आचारसंहिता, २०६० मा प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने, सूचनाको हकको रक्षा गर्नुपर्ने र सत्य तथ्य सूचनाको सम्प्रेषण गर्नुपर्नेलगायत पत्रकार तथा आमसञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने ११ बुँदा तोकिएको छ । त्यसैगरी राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने र निजी स्वार्थ पूर्तिका लागि प्रयोग गर्न नहुनेलगायतका पत्रकार तथा आमसञ्चार माध्यमले गर्न नहुने १४ बुँदा तोकिएको छ ।

पत्रकार आचारसंहिता, २०७३ को मस्यौदाको परिच्छेद–२ मा जातजाति, धर्म, भाषामा खलल पु¥याउन नहुने, सार्वजनिक शिष्टाचारको प्रतिकूल गर्न नहुने र पे्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायत ३० बुँदामा पत्रकार तथा आमसञ्चारमाध्यमको ‘आचरण’को रूपमा समावेश राखिएको छ ।

त्यसैगरी परिच्छेद–३ मा पीडितलाई असर पर्नेगरी सूचना सम्प्रेषण गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने र विभत्स तस्बिर प्रकाशन÷प्रसारण गर्न नहुनेलगायत आठ बुँदामा पत्रकार तथा आमसञ्चारमाध्यमको ‘सामाजिक दायित्व’को रूपमा समावेश गरिएको छ । आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार वा आमसञ्चारमाध्यमलाई काउन्सिलले अन्तिम कारबाहीस्वरूप प्रेस पास निलम्बन गर्न सूचना विभागलाई निर्देशन दिन र मूल्याङ्कन वर्गीकरणको प्रक्रियाबाट अलग गर्न सक्ने छ । जुन नयाँ आचारसंहितामा पनि समावेश छ ।

नेपालमा सबैभन्दा पहिला पत्रकारिताको विकासका लागि राय सुझाव पेस गर्ने उद्देश्यले २०१४ सालमा गठन गरिएको प्रेस कमिसनले २०१५ सालमा पेस गरेको प्रतिवेदनमा पत्रकारले पालना गर्नुपर्ने आचरणका रूपमा १८ बुँदामा नियम प्रस्ताव गरिएको थियो । त्यसलाई नै आचारसंहिताको सुरुवात मानिँदै आएको छ ।

सोही प्रतिवेदनअनुसार २०२४ सालमा प्रेस सल्लाहकार समिति गठन गरियो । त्यसैको निरन्तरतास्वरूप २०२७ सालमा प्रेस काउन्सिल स्थापना गरिएको थियो । त्यसैपछि २०२५, २०३३, २०४०, २०४७, २०४९, २०५५ र २०६० सालमा आचारसंहिता तयार गरिएको पाइन्छ । ती आचारसंहितालाई समय अनुकूल संशोधनसमेत गरिएको थियो ।

विश्वमा आचारसंहिताको इतिहासलाई हेर्दा स्विडेनले सर्वप्रथम सन् १८७४ मा प्रेस क्लबको गठन गरी आचारसंहिताको निर्माण गरेको थियो । आचारसंहिता निर्माणसँगै त्यसको उल्लङ्घन गर्नेका विरूद्ध उजुरी सुनी कारबाही गर्न सुरु गरेदेखि हालसम्म आइपुग्दा लगभग संसारका सबै मुलुकले पत्रकार आचारसंहिता जारी गरी लागू गर्दै आएको पाइन्छ ।

सबैखालका सञ्चारमाध्यम र सञ्चार विज्ञको सुझावका आधारमा आचारसंहितालाई अन्तिम रूप दिने तयारी भइरहेको महासङ्घका अध्यक्ष तथा कार्यदलका सदस्य डा विष्टले जानकारी दिनुभयो । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले सबैले अपनत्व महसुस गर्नेगरी आचारसंहिता ल्याउनुपर्ने धारणा राख्नुभयो । काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले सामाजिक मिडियामा आमसञ्चारमाध्यम र पत्रकारको प्रस्तुतिको अनुगमन गर्ने विषयलाई आचारसंहितामा राखिनुपर्ने धारणा राख्नुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution