हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पहुँचवालालाई राज्यको ढुकुटीबाट एकै दिन १ करोड ३१ लाख बाँडियो

२०७३ श्रावण ३ |सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुन: रकम बाँडेको हो । यसअघि मन्त्रिपरिषद्ले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो ।

कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भए पनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारूढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो । मुलुकमा भौतिक पूर्वाधारको विकास तथा गरिब जनताको उत्थानमा सदुपयोग गर्नुपर्ने राज्यको ढुकुटी आर्थिक सहायताका नाममा सरकारले जथाभावी पहुँचवालालाई पोसेको हो ।

जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अल्पमतमा परिसकेको प्रधानमन्त्री केपी ओली सरकारले समेत कार्यविधि लत्याउँदै धमाधम पहुँचवाला र राम्रो आर्थिक हैसियतवाला व्यक्तिहरूलाई सहायता वितरण जारी राखेको छ । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिनुपरेको हो, मन्त्रिपरिषदको निर्णय र गृह मन्त्रालयको प्रस्तावमा केही उल्लेख छैन ।

आर्थिक वर्ष २०७२/७३ मा आर्थिक सहायताका नाममा सरकारले २ सय ७२ जनालाई १५ करोड २७ लाखभन्दा बढी आर्थिक सहायता वितरण गरेको थियो । आर्थिक सहायता पाएकामा सबै पहुँचवाला नेता, प्रधानमन्त्री र नेताका आफन्त, कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी र उच्च सरकारी अधिकारी बढी छन् । सरकारले गत असार अन्तिम सातासम्म एक वर्षमा पहुँचवालालाई वितरण गरेको आर्थिक सहायता रकम साढे १८ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

उक्त रकम झाडापखाला लागेका बेला जीवनजलसमेत नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएका अछामसहितका नौवटा दुर्गम जिल्लालाई औषधि खरिद गर्न एक वर्षमा दिइने एकमुष्ठ बजेटभन्दा बढी हो । असार २४ को मन्त्रिपरिषद् बैठकले ७ जनालाई ५० लाख, एक जनालाई ४ लाख, ६ जनालाई ३ लाख, ११ जनालाई २ लाख र ५२ जनालाई १/१ लाख रुपैयाँ सहायता दिएको छ ।

एकै जना पहुँचवालालाई पटक–पटक आर्थिक सहायता दिइएको उदाहरणसमेत छन् । बूढानीलकण्ठ–८ का गोविन्द भट्टराईलाई सरकारले एक महिनामा दुईपटक आर्थिक सहायता दिएको छ । उनलाई असारको पहिलो साता ३ लाख र असार २४ मा ५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । उनलाई पटक–पटक आर्थिक सहायता दिनुपर्नाका कारण सरकारले उल्लेख गरेको छैन ।

मन्त्रिपरिषदले एमालेका पूर्वसांसद सोमनाथ अधिकारीलाई ५ लाख, बद्रीप्रसाद कोइरालालाई ५ लाख, गोविन्द भट्टराईलाई ५ लाख, लक्ष्मी पन्तलाई ३ लाख, निर्वाचन आयुक्त इला शर्मालाई ३ लाख, मानबहादुर मल्ललाई २ लाख, उदय पाठकलाई २ लाख, रूपसिंह थापालाई १ लाख, सीता घिमिरेलाई १ लाख, राजकुमार सहनीलाई एक लाख, उषा गिरीलाई २ लाख, पूर्वमन्त्री बद्री बस्नेतलाई ३ लाख, विष्णुभक्त फुयाललाई २ लाख र गणेशनाथ योगीलाई एक लाख आर्थिक सहायता दिएको छ ।

सरकारले सौजन लिम्बु, रामसिंह रावल र गणेश उचैलाई एक/एक लाख, प्रकाश शाहलाई २ लाख, कृष्णनिधि तिवारीलाई ३ लाख, कांग्रेस सांसद प्रेमकिशोर शाह तेलीलाई ५ लाख, लक्ष्मणसिंह खडका, रोहित राजवंशी, तुकबहादुर थापा, हरिबहादुर थापा (जाजरकोट), हरिबहादुर देहार, मनक्वारा बिटालु, जनकराज गौतम, विष्णुरुद्र उपाध्याय, पानसरी धराला, उदय चलाउने र भुवनकुमार थारूलाई एक/एक लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।

यसैगरी शरद रसाइलीलाई ३ लाख, तिलकबहादुर सारुलाई एक लाख, नारायणबहादुर कार्कीलाई ४ लाख, श्यामलाल श्रेष्ठलाई २ लाख, सानुशिवा पहाडीलाई २ लाख, टीकादेवी पालुंगालाई २ लाख, लालबाबुसिंह भुइँहार, दानबहादुर डंगोल, श्रीन्जु अधिकारी, सुरेशकुमार राई, विक्रम खरेल, सुन्दर कार्की, शारदा चौंलागाईं, गोपालबहादुर अधिकारी, कृष्णबहादुर खडका, डोमा शेर्पा, सुदीप थापा, चेतनारायण आचार्य, श्रीधरप्रसाद श्रेष्ठ, माया लामिछाने, दलबहादुर स्याङतान, गंगाबहादुर थापामगर, दीपक देवकोटा, रेखी बीसी, दत्तबहादुर रावल, जनकबहादुर शाह, दीपेश श्रेष्ठ, गीता पोखरेल काफ्ले, जयबहादुर क्षत्री र रुद्रबहादुर बस्नेतलाई एक/एक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

सांसद महेन्द्रबहादुर शाही तथा पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई ५–५ लाख, पूर्वसांसद बर्मन बुढालाई २ लाख, नरेन्द्रराज शर्मालाई ३ लाख, अनुप पन्तलाई १ लाख, पार्वती घर्तीलाई १ लाख, मुरलीगोपाल रञ्जितकारलाई २ लाख, तारानाथ शर्मालाई १ लाख, सानुकान्छी तामाङलाई १ लाख, गंगा प्रधानलाई २ लाख, जीवनकुमार गौतमलाई १ लाख, मनबहादुर गायकलाई १ लाख, विष्णुकुमारी अधिकारी १ लाख, नन्दा न्यौपानलाई १ लाख, कमल शाहीलाई १ लाख, रामबहादुर विकलाई एक लाख र विर्मी शाहीलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ ।इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution