हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अमेरिकाको दबाबमा दक्षिण अमेरिकी मुलुक पुगेका सयौं नेपालीहरू फर्काइँदै

श्रावण २, २०७३- लाखौं धनराशि खर्चिंदै अमेरिकाको सपना बोकेर दक्षिण अमेरिकासम्म पुगेका सयौं नेपाली त्यहींबाट फर्कनुपर्ने भएको छ । महिनौं लगाएर त्यहाँबाट अमेरिका पुग्ने उनीहरूको यात्रामा पूर्णविराम लगाउने काममा त्यहींकै देशहरू सक्रिय भएका छन् । राष्ट्रसंघ र अमेरिकी सरकारको आलोचना खेपेको दक्षिण अमेरिकी मुलुकले कडाइ गर्दै डिपोर्ट गर्ने योजना बनाएका हुन् । उनीहरू नेपालबाट अफ्रिका हुँदै जल र स्थल मार्गबाट दक्षिण अमेरिका पुर्‍याउने काम मानव तस्करहरूले गर्दै आएका थिए । कतिपयले ‘क्युबियन रुट’ अर्थात् क्युबाका नागरिकलाई अमेरिका प्रवेशमा दिएको सुविधालाई अन्यले उपयोग गर्दै आएका थिए ।

अमेरिकी अधिकारीले क्युबियनबाहेक अन्यलाई छानेर फिर्ता पठाउन दक्षिण अमेरिकी मुलुकलाई पटकपटक दबाब दिँदै आएका छन् । उक्त आग्रहपछि दक्षिण अमेरिकी सरकारले छानबिन गर्दै केही अफ्रिकन मुलुकका असली मामिलाबाहेक अरू अन्य अवस्थामा सबैलाई सीधै फिर्ता पठाउनेछन् । कोस्टारिकाको स्थानीय पत्रिकामा समेत त्यसबारे समाचार सार्वजनिक भएको छ । मानव तस्करमा संलग्न एक दर्जनलाई पक्राउ गरेर जेल चलान गरिएको पनि जनाइएको छ ।

पनामामा १८, कोस्टारिकामा १० र निकारागुवामा रहेका १७ नेपालीलाई त्यहींबाट फर्काइने

लाखौं खर्च गरेर अब आउने सपना नदेख्नोस् : नेपाली प्राध्यापक

यसरी दक्षिण अमेरिकी मुलुकले पहिलोपटक त्यहाँ पुगेका नेपालीसहित अन्य दक्षिण एसियाली आप्रवासीलाई फिर्ता पठाउने तयारी गरेको हो । यसअघि कोही पनि नेपाली अमेरिका प्रस्थान गर्दा फर्कन परेको थिएन । महिनौं दु:ख पाएर भए पनि अन्त्यमा अमेरिका छिरेका थिए । कतिपय डुंगा दुर्घटना, जंगलमा जंगली जनावरको आहार हुने, असहज हुँदा मानव तस्करहरूले नै मारिदिनेबाहेक अन्य अवस्थामा उनीहरू अमेरिका प्रवेश गर्ने गरेका थिए । अब त्यो सम्भावना नै नरहेको र नाकाहरूमा कडा अध्यागमन परीक्षण हुन थालेको छ ।

कोस्टारिकाको शान्तिका लागि संयुक्त राष्ट्रसंघीय मान्यता प्राप्त विश्वविद्यालयका प्राध्यापक मनीष थापाले अब नेपालीहरूलाई सीधा फर्काइने अवस्था रहेकाले त्यसतर्फ जानुअघि सबैले तीनपटक सोच्न आग्रह गरेका छन् । ‘यसअघि पनि कैयन्पटक नेपाली पक्राउ पर्ने र तारेखमा छाड्ने गरेको थियो । त्यही छोडेको समय उपयोग गर्दै जंगलको बाटो मेक्सिको हुँदै अमेरिकाको यात्रा तय गर्थे, अब त्यो अवस्था रहेन । सिधा डिपोर्टको तयारी छ,’ प्राध्यापक थापाले भने, ‘त्यो समयमा पनि कतिपय नेपालीहरू बाटोमा खान नपाएर, बिरामी परेर, कतिपय स्थानमा जंगली जनावरको आहारसमेत हुने अवस्था थियो । त्यो विषयलाई राष्ट्रसंघले उठाएपछि दक्षिण अमेरिकी मुलुकहरू एकाएक सचेत भएका हुन् ।’

पनामा बोर्डरमा १८, कोस्टारिकामा १० र निकारागुवामा रहेका १७ नेपालीलाई त्यहाँको सरकारले स्वदेश फर्काउने तयारी गरेको जानकारी कान्तिपुरले पाएको छ । अमेरिकास्थित नेपाली दूतावासलाई समेत यसबारे जानकारी गराइसकेका छन् । कोस्टारिकामा गत साता संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको दुईदिने सम्मेलनले दक्षिण अमेरिकी मुलुकहरूले अवैध रहेका अन्य नागरिकको तथ्यांक नराखेको र कति मानिसको ज्यान जाने गरेको भन्दै ती सरकारहरूको आलोचनासमेत गरेको थियो । उक्त टिमले कोस्टारिका र पनामाको सीमामा रहेका ती अवैध नागरिकहरूको समेत अनुसन्धान गरिएको थियो । त्यहाँ पुगेका कसैसँग पनि कुनै डकुमेन्ट थिएन । उनीहरूले भनेको आधारमा परीक्षण गरेर मात्र त्यो कहाँको हो जानकारी लिने गरिएको समाचार त्यहाँको पत्रिकामा छापिएको छ । टिको टाइम्सले दक्षिण अमेरिकी मुलुकमा आप्रवासीहरूको अवस्था चित्रण गर्दै समस्याहरूलाई उजागर गरेको छ ।

‘मानव ओसारपसारमा ठूलो सञ्जाल रहेकाले सजिलै समस्या समाधान हुने देखिँदैन । तर ती मुलुकहरूले सहकार्य गरेमा यो समस्या समाधान त्यति गाह्रो छैन । धेरै नेपालीहरू भिसा नलाग्ने अफ्रिका मुलुकबाट दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका छिर्ने गरेको सत्य हो । उनीहरूले दलालबाट धेरै दु:खकष्ट पनि पाएका छन् । अन्य नागरिक पनि नेपाली भनेर समातिएका सूचना छन् । नियन्त्रणका लागि सबै विषयमा अध्ययन जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले भने । नेपाली भनेर समातिएकाहरूमध्ये अधिकांश अन्य दक्षिण एसियाली नागरिक भएको समेत पाइएको अवस्थामा उनीहरू सबै त्यहाँबाट फर्कन पर्ने भएको हो । नेपाली भनेपछि त्यहाँ जिम्मा लगाउने निकाय नभएकाले तत्काल फर्कन नपर्ने अवस्था थियो । तर अब त्यहाँको सरकारले एयरलाइन्सको जिम्मा लगाएर सीधा डिपोर्ट गर्ने नीति लिएको छ । त्यहाँ पुग्नेको सबै डकुमेन्टेसन गर्ने र मानव तस्कारमा लाग्नेलाई हदैसम्मको कारबाही अघि बढाउने काम थालेको, डा. थापाले कान्तिपुरसँग टेलिफोनमा बताए । उनले आफ्नै अनुभव सुनाउँदै भने, ‘म नै कतिपय बोर्डर क्रस गर्दा अहिले पहिलेको भन्दा बढी सुरक्षा परीक्षण भएको अनुभव गर्न थालेको छु । निकै धेरै जिज्ञासाको सामना गरिरहेको छु । जबकि मसँग भिसादेखि कार्यक्रममा जाने स्थानको निमन्त्रणासमेत हुने गर्छ ।’

अमेरिका छिर्न दलाललाई लाखौं रुपैयाँ बुझाएपछि विभिन्न दु:खपीडा खेप्दै ती देशमा पुगेका उनीहरूसँग थोरै अमेरिकी डलरबाहेक अन्य कागजपत्र हुँदैनन् । जुन कारणले उनीहरू समातिने र आफ्नो मुलुकमा बस्ने होइनन् भन्दै छोडिने गरिएको थियो । त्यसपछि उनीहरू पुन: लरी, जंगलको बाटो, हिँडेर वा डुंगा प्रयोग गरेर मेक्सिको हुँदै अमेरिका छिर्ने गरेका थिए । तर अब त्यो अवस्था नरहने र प्रहरीको कस्टडीमा नै रहेर स्वदेश फर्कने भएका हुन् । सन् २०१५ को तथ्यांकअनुसार विभिन्न मुलुक हँुदै अमेरिका हिँडेका र नेपाली भनिएका करिब तीन हजारभन्दा बढी नागरिक पक्राउ परेकामा १ हजार ४ सयमात्र नेपाली थिए ।

सन् २०१५ मा १ हजार ४ सय नेपालीहरू कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका, पनामा, ग्वाटेमाला, इक्वेडर, निकारागुवा, मेक्सिकोलगायतका स्थानमा एकै प्रकारका व्यक्तिहरू समातिँदै छुट्दै अमेरिका पुग्ने गरेका हुनाले एक मुलुकको तथ्यांक पर्याप्त हुने अधिकारीहरूले बताएको समाचार इकान्तिपुरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution