हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा कृषिका लागि तालिम लिन आएका ४ जना यतै लुके

तामाङअनलाइन , तेलअविव | इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन् ।

अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । दश महिनाको तालिम अवधिभर तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।

बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन् । सन् २०१३ देखि पहिलो वर्ष २०४, दोस्रो वर्ष ५११ र तेस्रो वर्ष ४३० जना गएको थिए ।

सन् २०१६ मा चौथो पटक ४३० जना पठाउने अन्तिम तयारी भइरहेको छ । यो वर्ष छनौट भएका जुलाइको अन्तिमदेखि अक्टोबरको पहिलो साताभित्र गइसक्ने बैंकले जनाएको छ ।

व्यावसायिक कृषिबारे इजरायलमा गएर सीप सिक्न युवा युवतीको उत्तिकै आकर्षण बढेको साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० जलनकुमार शर्माले बताउनुभयो ।

इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । पहिला साना किसानका छोराछोरी भनेर दश जोड दुई अध्ययन गरेकालाई लिने गरेको इजरायलले अहिले कृषि सम्बन्धी कोर्ष गरेको हुनुपर्ने मापदण्ड बनाएको छ ।

अहिले काठमाडौँ विश्वविद्यालयबाट तीन हप्ताको तालिम लिएर इजरायल गएर १० महिना तालिम पश्चात नेपाल फर्केपछि पुनः एक हप्ताको तालिम लिएपछि मात्र प्रमाणपत्र९ सर्टिफिकेट० पाउँछन् ।

कृषि प्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् तर पढेलेखेका युवाको यो क्षेत्रमा रुचि छैन । क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा आधुनिक तरिकाले गरेको व्यावसायिक खेती विश्वमै चर्चित मानिन्छ ।
कसरी पुग्छन् इजरायल

साना किसान सहकारी संस्थामा आवद्ध भएका दश जोड दुई ९प्लस २० गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । उनीहरुमध्येबाट विभिन्न चरणको छनोट गरिन्छ ।

अन्तर्वाता इजरायलीले नै लिन्छन् । पास भएकाले मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट पेस गरेपछि यहाँ तीन हप्ता तालिम लिएपछि मात्र इजरायल जान पाउँछन् ।

इजरायलमा हप्ताको एक दिन पढ्ने र पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपर्छ । इजरायलको कृषि राम्रो भएकाले उताबाट फर्केपछि, कृषिको आधुनिकिकरण, टेन्ट हाउसमा कसरी खेती गरिन्छ, मुलुकलाई कृषिको आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सीप सिक्ने अवसर मिल्छ ।

इजरायलबाट फर्केर आएका युवाले झापा मोरङ, मकवानपुर, धादिङ, नवलपरासी र चितवनमा व्यावसायिक कृषिमा लागेको बैंकले जनाएको छ ।

इजरायल गएका चारजना उतै लुके

इजरायलय गएकामध्ये हालसम्म चारजना उतै लुकेर बसेको बताइएको छ । भागेकालाई निगरानीमा राखी स्वदेश फर्काउने पहल भइरहेको बैंकले जनाएको छ ।

इजरायलले भूकम्पपीडित क्षेत्रलाई प्राथमिकता दिएर कोटा बढाउने सङ्केत गरेको छ, परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो इजरायल भ्रमणले यसमा बल पुगेको बताइएको छ ।

इजरायलको प्रविधि र सीपलाई नेपालमा प्रयोग गरी उत्पादन गर्ने उद्देश्यले युवालाई इजरायल पठाइएको हो । इजरायलयको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गरी यसलाई कसरी नियमित र युवालाई आकर्षित गर्नसके यो कार्यक्रम प्रभावकारी हुने सिइओ शर्माको बुझाइ छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution