‘गुगल ब्वाई’ आदित्यलाई एक करोड दिने सरकारको निर्णय

३१ असार, काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो ।
‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि भन्दै उनको नाममा आदित्य संरक्षण प्रतिष्ठान स्थापना भएको छ ।