“शिक्षाको लागि संगीत” कार्यक्रमको लागि गायक गम्बु शेर्पा इजरायल आई पुगे

शेर्पा संघ इजरायल द्वारा आयोजन गरिएको “शिक्षाको लागि संगीत” सांगितिक कार्यक्रमको लागि गायक गम्बु शेर्पा इजरायल आई पुगी सक्नु भएको छ |
काठ्मान्डौ स्थित बौद्दमा रहेको अनाथ बालबालिका उनीहरुको खाना कपडा र शिक्षाको निमित्त सहयोगार्थ स्वरुप शेर्पा संघ इजरायलको आयोजनामा आज बेलुका ९ बजे देखि तेलअभिव स्थित लेभान्डा ३२ मा शिक्षाका लागी संगीत सन्देश सहित मनोरन्जन कार्यक्रम हुदैछ |
गायक गम्बु शेर्पा र छोङबा शेर्पाको साथमा भव्यताका साथ मनाउन गईरहेका कार्यक्रममा सम्पुर्ण संगीतप्रेमी मनकारी इजरायलबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितीको लागी अनुरोध गरेको छ |