विश्व आदिवासी दिवस मनाउन अशोक कुमार राई र डा.गणेश योञ्जन तामाङ इजरायल आउने

नेपाल आदिवासी जनजाती महासंघ इजरायलले आउँदो १२ अगष्ट २०१६ (शुक्रबार)को दिन २२ औं विश्व आदिवासी दिवस भव्यताका साथ् मनाउने भएको छ | विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि प्रवासको छुट्टि अनुकुल अगष्ट १२ तारिखमा मनाउन लागेको संस्थाका महासचिव नयन इम्सोंग लिम्बुले जानकारी दिनु भएको छ |
उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट भुतपुर्व मन्त्रि/ व्यवस्थापिका संसदको सदस्य एवं पहिचानवादी बरिष्ट नेता माननीय अशोक कुमार राई र जापानका लागी भुतपुर्व महामहिम राजदुत तथा पहिचानवादी बक्ता डा.गणेश योञ्जन तामाङ इजरायल आउनु हुने भएको छ।
कार्यक्रममा विभिन्न किसिमको भेषभुषा र भाषामा कलाकारहरुले कलाको माध्यमबाट आफ्नो समुदायको सांस्कृतिक पहिचानको प्रतिनिधित्व गर्ने रंगी बिरंगी सांस्कृतिक कार्यक्रम रहने जनाएको छ । त्यस अवसरमा इजरायलवासी सम्पूर्ण नेपाली, गैर नेपाली दिदीबहिनी तथा दाजु भाइहरु सहभागी भई केहि ज्ञान र मनोरञ्जन लिन नेपाल आदिवासी जनजाती महासंघ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |