हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

फ्रान्समा लरी आक्रमणमा ८० जनाको मृत्यु

ap

फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा ८० जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रीले बताएका छन्।आतिशबाजी प्रदर्शनपछि उक्त घटना भएको थियो।

सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन्।सामाजिक सञ्जाल ट्वीटरमा राखिएको एउटा तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन्।

कारबाही

अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन्।निसका मेयरले भनेका छन्, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ।

समाचार संस्था एएफपीका अनुसार अभियोजनकर्ताले भनेका छन्, उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो।
आन्तरिक मामिलामन्त्री पियर हेन्री ब्रन्डेले यसअघि खबर आएजस्तो बन्धकको अवस्था नरहेको र लरीका चालकमाथि कारवाही गरिएको बताएका छन्।

उनले ती चालकले एक्लै उक्त आक्रमण गराएको वा अरु कोही थिए भन्ने विषयमा अनुसन्धान भइहेको बताएका छन्। फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपतकालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको उनको कार्यालयले जनाएको छ।

पुष्टि

ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए।केही रिपोर्टहरुमा प्रहरी र लरीमा रहेकाहरुबीच गोली हानाहान भएको बताइएको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ।
निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन्, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन।

बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए।
हामीले बन्दुक चलेको सुन्यौं। हामीले ठान्यौँ त्यो आतिसबासी होला।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution