करातेमा ब्ल्याक बेल्ट गरेकी लिजा तामाङ मोडलिङमा रम्दै

नेपाली कलाक्षेत्रमा आफ्नो छुटै पहिचान बनाउँने रहर बोकी अन्य पेशामा व्यस्तताका बाबजुद पनि कलाक्षेत्रमा संघर्षरत प्रतिभाशाली लिजा तामाङ आमनेपाली युवा वर्ग झैं चाँडै नै नाम कमाउने उद्धेश्यले कला क्षेत्रमा पाइला चालेकी लिजा आफुलाई कलाक्षेत्रमा स्थापित गराउन प्रयासरत छिन् | आफुलाई सफल कलाकारकोे रुपमा चिनाउन चाहने उनको सानैदेखिको सौखले यो क्षेत्रमाा लागे पनि २०६४ सालदेखि कलाक्षेत्रसंग नृत्य मार्फत साइनो गाँस्न पुगेकी हुन् | हाल बैदेशिक रोजगारको क्रममा उनी इजरायलमा छिन् |
पर्यटकीय नगरी पोखरामा जन्मिएकी उनले नाम सहारा क्लव पोखरा, शान्ति युवा क्लव पोखरा एवं केहि विद्यालयहरुमा नृत्य प्रशिक्षकको रुपमा कार्य गरी आफुलाई आफै कलाक्षेत्रमा परिस्कृत गरिसकेकी छिन् |
करातेमा ब्ल्याक बेल्टसम्मको अनुभव बटुलेकी उनले कलेज नामक टेलिश्रृङखलामा अभिनय गरि आफुलाई एउटा अब्बल कलाकारको रुपमा परिचित गरिसकेकी छिन् | त्यस्तै विश्व शान्ता राईको सुमधुर स्वरले सजिएको इजरायलमा छायाँकन गरेको दुई म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी लिजा आफुलाई कलाकारितामा अभिनय तथा मोडलिङ मार्फत समर्पित गर्न चाहन्छिन् |
त्यस्तै मिलन अमात्य र विश्व शान्ता राईको युगल गीत ‘तिम्रो नजरले’ को म्युजिक भिडियोमा समेत अनुबन्धित भईसकेकी उनी अवसर पाएको खण्डमा नेपाली चलचित्रमा समेत अभिनय गर्ने अभिलाशा पाली यस क्षेत्रमाा संघर्ष गरिरहेकी छिन् | आफ्नै विविवध कारणले निरन्तर यस क्षेत्रमा समय दिन नसकेकोमा दुखित उनी समयले साथ दिए सम्म यसै क्षेत्रमा लागिपर्ने बताउँछिन् |
कलाक्षेत्रमा लागेको छोटो समयमा नै आफ्नो काम प्रतिको लगन र मेहेनतले गर्दा आफुलाई अब्बल साबित गरिसकेकी उनी कला क्षेत्रको एउटा इँटाको रुपमा आफुलाई उभ्याउन चाहन्छिन् |
जीवनका भोगाइका यात्राहरुलाई अन्तरमनबाट प्रस्फुटन गरि सहज ढंगबाट प्रस्तुत गर्नलाई अभिनय र समाजका तीता यथार्थलाई आम जनमानसले बुझ्ने शैलीमा प्रस्तुत गर्न सक्नुलाई कला मान्ने उनी अवसरको अभावमा आफ्नो प्रतिभालाई त्यतिकै मार्न विवस छिन् |
चर्चा कमाउनको लागि मात्र हैन कलाक्षेत्रलाई पनि केहि योगदान दिन्छु भन्ने मान्यता बोकी यस क्षेत्रमा लागेको बताउने लिजा मोडलिङ, कलाकारिता अनि गरिब दुखिको सेवा गर्ने रुचि बोकी आफुलाई एक सफल कलाकारको रुपमा परिचय बनाउन चाहन्छिन् |
इजरायलमा छायाँकन गरिएको लिजा तामाङ द्वारा अभिनित “तिमीले हिडेको बाटो …” गीत बोलको म्युजिक भिडियो :