हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ओली सरकारबाट माओवादी बाहिरिनुका १२ कारण

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु भएको छ । माओवादी केन्द्र र प्रचण्डको यो कदमबारे मुलभुत रुपमा ३ वटा मत चर्चामा छन् ।

dएक : ओली सरकारकै निरन्तरता, दुई : प्रचण्ड प्रस्ताव झैं राष्ट्रिय सरकार र तीन : राष्ट्रिय सरकार नबने पहिलो ठूलो दल नेपाली कांग्रेस र संविधानप्रति असन्तुष्ट मधेसीमोर्चाको सहभागितामा बहुमतीय सरकार निर्माण ।

माओवादीले ओली सरकारको विकल्पमा अर्को सरकार किन भन्यो ?

हामी यस्ता १२ कारणहरुमा जाऔं –

एक : संविधानमा असहमत मधेसी मोर्चा लगायतलाई ओली नेतृत्वको सरकारले सहमतिमा ल्याउन सकेन र ल्याउने सम्भावना पनि रहेन । उनीहरुको सहभागिताबिना संविधानको कार्यान्वयन सहज हुँदैन । नयाँ संविधानको कार्यान्वयन ०७४ माघ १४ सम्म नभएको अवस्थामा संविधान स्वतः निस्कृय हुन्छ । यसले देशमा संवैधानिक संकट पैदा मात्रै गर्दैन । अहिलेसम्म भएका राजनीतिक उपलब्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशीता लगायतका सबै उपलब्धी गुम्न पुग्छन् । तसर्थ संविधानमा असहमत मधेसी मोर्चा लगायतलाई नयाँ संविधानमा सहभागी गराउन,

दुई: ओली परिवर्तन, अग्रगमन र रुपान्तरणको पक्षमा कहिल्यै उभिएनन् । यति हुँदाहुँदै पनि संविधान जारी गरेपछि कांग्रेससँग भएको एमालेको सहमतिमा कांग्रेसले गरेको बेइमानी र संविधान जारी गर्ने सबालमा ओलीको सकारात्मक भूमिकाप्रति माओवादीले समर्थन गरेको हो । ओलीले सरकारको नेतृत्व पाएपछि परिवर्तनबाट संस्थागत भएका उपलब्धि कार्यान्वयन गर्न उदाशिनता मात्रै देखाएनन् । उल्टो लागू गर्ने कार्यकारी जिम्मा पाएका ओलीले उपलब्धिलाई शंका गर्न थाले, आफ्नो इच्छाविपरित भएको बताए । उनैबाट परिवर्तनको संस्थागत उपलब्धि कार्यान्वयन असम्भव प्राय रहेकाले,

तीन : भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणको काम जति द्रुत गतिमा हुनपर्ने र लागू गर्ने उर्जाशिलता ओली नेतृत्वको सरकारले देखाउनपर्ने हो त्यो देखाएन। आफ्ना र आफूनिकट विभिन्न एनजीओ तथा आईएनजीओको स्वार्थअनुकुल पुनःनिर्माण गर्ने रबैयाले १४ जिल्लाका लाखौं मानिसहरु घरबारविहिन अवस्थामा विताउँदैछन् । पुनःनिर्माण प्रक्रिया द्रुततर गतीमा अघि बढाउन,

चार : मुलुक आर्थिक रुपमा करिबकरिब असफल राष्ट्रमा दर्ज छ । असफल भनेर घोषणा गर्न मात्रै बाँकी रहेको मुलुकको आर्थिक अवस्था सुधार गर्नेतिर ओली सरकारको ध्यान गएन । विभिन्न वाहानामा राष्ट्रिय सम्पत्ति मास्ने काममा ओली सरकार लालायित भएपछि मुलुकलाई आर्थिक रुपमा असफल राष्ट्र हुनबाट जोगाउन,

पाँच : रेल, तेल, बिजुलीको कुरा गर्ने तर जनताका दिनानुदिनको समस्याबाट पन्छिने या सरकारी दायित्वबाट भाग्ने गरेर मुलुकको समस्या हल हुँदैन । यो चुनावी रणनीतिको सरकारको रबैया भयो । जनताका दिनानुदिन समस्यामा सम्बोधन तथा दीर्घकालिन महत्वका राष्ट्रिय गौरवका योजनाहरु तत्काल शुरु गर्न,

छ : ओली सरकारले नाकाबन्दीबाट मुलुकको आत्मनिर्भरताबारे उठेको प्रश्न र त्यसलाई सम्बोधन गर्न मुख्यतः इन्धन ढुवानी वा भण्डारण योजना निर्माण गर्ने सोचसम्म नराख्नु र चीनसँगको सहमति प्रक्रियालाई कार्यान्वयनलाई नलैजानु,

सातः ओलीको कार्यशैली अराजनीतिक मात्रै होइन राजनीतिक सहयात्री या आफू विरोधीहरुसँग असहिष्णु हुनु पनि हो । मिल्न कोशिस नै नगर्नु र सहमति या सहकार्यका लागि कसैलाई नजिक पर्नै नदिने ओली सरकारको अर्को समस्या हो । यसरी संविधान कार्यान्वयनको संक्रमणको मुलुक चल्दैन,

आठ : केही समयअघि माओवादी केन्द्रसँग भएको भद्र सहमति अनुसार माओवादीलाई सरकारको नेतृत्व दिनेबारे बजेट पारित भएपछि ओलीले अक्षरस पालना गर्नुपथ्र्यो । सो सहमति पालना नगर्नु र चुनाव नगराई सरकार छोड्दिन भन्दै सहयात्रीलाई धम्क्याउनु,

नौ : पहिलो ठूलो पार्टी र देशको आधा जनसंख्या बोकेको मधेसको क्षेत्रीय दलहरुलाईसमेत समेटेर राष्ट्रिय सरकार बनाउने र संविधान कार्यान्वयनमा जाने पहल ओली आफैले गर्नुको सट्टा माओवादीले गरेको पहललाई समेत अस्विकार गर्दै मुलुकलाई थप अस्थिरतामा लैजान खोज्ने नकारात्मक प्रवृतिसँग लड्न र सम्भव भए राष्ट्रिय सरकार नभए बहुमतीय सरकार निर्माण गर्न । जहाँ देशकै पहिलो ठूलो पार्टी र आधा जनसंख्या ओगटेको संविधानमा असहमत मधेसी मोर्चा समेत हुनेछ,

दश : माओवादी केन्द्र मुलुकको संकटमा अरुलाई साथ दिने तथा निकासमा सदैव अगाडि देखिएको छ । सरकार निर्माणमा भारतीय हस्तक्षेपका विरुद्ध एमालेका तात्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् या दुईदुई ठाउँबाट हारेका एमालेका अध्यक्ष माधव नेपाललाई राष्ट्रिय नेताको आवश्यकता छ भन्दै सभासद बनाउनमा होस् माओवादीको निर्णायक भूमिका छ । ओलीलाई लाग्ने अराष्ट्रवादी आरोपबाट राष्ट्रवादी बनाउन संविधान जारी गर्नेदेखि प्रधानमन्त्री बनाउने हुँदै भारतीय नाकाबन्दीसँग डट्न ओलीको भन्दा माओवादीको कम भूमिका रहेन । तर ओली तथा एमालेले माओवादीको यो राजनीतिक गुन र नैतिकताको कहिल्यै सम्मान गरेन । उसले ठानिरह्र्यो–माओवादी तेस्रो हो, यसलाई जति अपमान गरेपनि हामीसँग लत्रिरहनपर्छ । परिवर्तनको बाहक शक्ति भएकाले यस्तो अपमानित नहुन,

एघार : माओवादी परिवर्तनको बाहक शक्ति हो । कमजोरीसहितको माओवादीले राजनीतिक स्टेपहरु यदाकदा गलत लियो पनि होला । तर माओवादी एक स्वतन्त्र अनि गौरवशाली इतिहास जिवित राखेको पार्टी हो । यो अरुको पुच्छर सधैं बनिरहन सक्दैन । अरुलाई काँधमा पटकपटक बोकिरहँदा आफ्नै अस्तित्व संकटमा पर्न सक्छ । एमालेलाई सधैँ सबै अबस्थामा बोकिरहन माओवादी एमालेको भातृसंगठन होइन । तसर्थ आप्mनै खुट्टामा उभिनु र आप्mनै नेतृत्वमा परिवर्तनबाट संस्थागत भएका उपलब्धिलाई कार्यान्वयन गर्ने अभिभारा बोक्न खोज्नु अनैतिक या अब्यावहारिक हुँदैन ।

बाह्र : माओवादीले भनेको जसरी सरकार निर्माण भएन भने पनि माओवादी प्रतिपक्षीमा जाने मनस्थितिमा पुग्नु हो । ओलीसँगको सहकार्यमा षड्यन्त्र देखेको माओवादीले आगामी चुनावका लागि तयारी गर्न पनि एमालेसँग कुनै सहकार्यमा बाँधिनु माओवादीका लागि घातक हुन्छ । किनकी एमालेले आफू पोजिसनमा भएको अवस्थामा अरुलाई टेर्दैन । यसर्थ अन्तिम अवस्थामा माओवादी जिम्मेवार प्रतिपक्षी बन्ने आँट गर्नु पनि हो ।@ खबरडबली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution