प्रधानमन्त्री के पी ओलीले तत्काल राजीनामा नदिने

काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तयारीमा लागेका छन् । माओवादी केन्द्रले सरकारबाट हट्ने भनी पठाएको पत्र पाएपछि प्रधानमन्त्री ओलीले सरकारको प्रतिरक्षाका लागि तयारी थालेका हुन् ।
‘प्रधानमन्त्रीले अहिले सरकार छाड्नु हुन्न’, उनका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, ‘प्रधानमन्त्रीलई संसद्ले निर्वाचित गरेको हो, उहाँले संसद्को सामना गर्नुहुन्छ ।’
प्रेस सल्लाहकार दाहालले संसद्बाट निर्वाचित भएकाले प्रमलाई संसद्ले नै हटाउनुपर्ने बताएको समाचार अन्नपूर्णपोस्टमा छ |