हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

पोर्न फिल्म बेसी हेर्नेमा बिहे अगाडी पुरुष र बिहे पछि महिला

असार-२७ पोर्न फिल्म हेर्ने मामिलाबारे गरिएको एक अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ । बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए ।

यो सोधमा सहभागी ९ प्रतिशत महिलाहरुले विहेभन्दा पहिला पोर्नग्राफी हेर्न कुरा स्वीकार गरेका छन् जबकी २८ प्रतिशतले विहेपछि पोर्न फिल्म हेर्ने गरेको बताए । अर्कोतर्फ पुरुषहरुमा यसको ठ्याक्कै उल्टो व्यवहार देखियो । २३ प्रतिशत पुरुषले विहेभन्दा पहिला पोर्न फिल्म हेरेको र त्यसमा १४ प्रतिशतले मात्रै विहेपछि पोर्न फिल्म हेरेको पाइयो । यो अध्ययनको रिपोर्ट सेक्सोलजिज जर्नलमा पनि प्रकाशित भएको छ । अध्ययनमा सहभागी शोधकर्ताहरुले यो रिपोर्ट हेर्दा विहेपछि महिलाहरु बढी पोर्न फिल्म हेर्छन् भने पुरुषहरुमा यो मामिलामा कमी आएको बताए ।

यस्तो किन हुन्छ ?

यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विहेपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्सुअल फंतासी नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए । अर्कोतर्फ महिलाहरुलाई विहेपछि सामाजिक कलंक वा अन्य कुनै प्रकारको डर नहुने र घरमा दिनभरी एक्लै तथा खाली हुने भएकाले धेरै पोर्न फिल्म हेर्ने गरेको पाइएको सोधकर्ताहरुले बताए । – एजेन्सि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution