हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सरकारमा प्रचण्डको नेतृत्व अस्वीकार्य

kk
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उक्त दलका नेताहरुले बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् सत्तासहयात्री एमालेका अध्यक्ष केपी ओलीसंग सोमबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको बताइएको छ।
प्रमुख दलहरुले आफूहरु सहमतीय सरकारको पक्षमा रहेको बताउने गरेका छन्, तर उनीहरु एकअर्काको नेतृत्वलाई नस्वीकार्ने अडानमा देखिन्छ।
तीव्रता
सहमतीय सरकारका लागि पहल गर्ने औपचारिक पार्टी निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता तीव्र बनाएका हुन्।
कांग्रेस र एमाले एकअर्कालाई सहमतीय सरकारको नेतृत्वमा स्वीकार नगर्ने मनस्थितिमा देखिएका बेला प्रचण्डले आफूलाई दुवै पक्षका लागि मान्य हुन सक्ने विकल्पको रुपमा प्रस्तुत गरिरहेको बुझाइ कतिपयमा देखिन्छ।
तर न त सत्तासहयात्री एमाले न कांग्रेस नै माओवादी केन्द्रको नेतृत्व स्वीकार गर्ने पक्षमा देखिन्छन्।
कांग्रेस सभापति देउवाले सोमबार भएको भेटमा प्रचण्डलाई दिएको जवाफबारे देउवा निकट नेता प्रकाशशरण महतले भने, “राष्ट्रिय सहमतिको सरकारमा समर्थन गर्न प्रधानमन्त्री ओलीले पनि हामीलाई भन्नुभएको छ। प्रचण्डजीले पनि त्यस्तै समर्थनका लागि भन्नुभयो। देउवाजीले प्रधानमन्त्रीलाई जस्तै माओवादी केन्द्रलाई पनि समर्थन गर्न सकिंदैन भन्नुभयो”।
गत बैशाख अन्तिम साता प्रचण्डले कांग्रेसको साथ लिएर नयां सरकार बनाउने योजनाबाट अन्तिम समयमा हात झिकिदिएपछि उनीप्रति प्रमुख प्रतिपक्षी अहिले पनि संशकित देखिन्छ।
प्रचण्डलाई समर्थन नगर्ने भन्ने देउवाको सीधा जवाफमा त्यही आशंकाको छाया देख्नेहरुको कमी छैन।
शर्त
कांग्रेसले वैकल्पिक सरकारबारे विचार गर्ने प्रस्ताव अस्वीकार गरेको छैन तर उसका केही शर्त देखिन्छन्।
कांग्रेस नेता प्रकाशशरण महतले भने, “ कि त प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्यो कि माओवादी केन्द्रले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्यो। अनि बल्ल कस्तो स्वरुपको सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ”।
तर एमाले वा माओवादी केन्द्र दुवैलाई त्यस्तो शर्त तत्काल मान्य हुने सम्भावना क्षीण रहेको जानकारहरु ठान्छन्।त्यसो भयो भने यही गठवन्धनलाई निरन्तरता दिने वा कांग्रेस सहितको अर्को बहुमतीय सरकार गठन गर्ने भन्ने विषयमा अबका केही दिन चर्को राजनीतिक मोलमोलाइ हुने अनुमान गरिएका छन्।
त्यसकै एउटा कडी प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सोमबार सांझ भएको भेटवार्तालाई पनि मानिएको छ, तर उक्त संवादका विस्तृत विवरण भने बाहिर आउन बांकी नै छ। -बीबीसी नेपाली 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution