हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हुन्डी कारोबार गर्ने चारजना जेल चलान

ललितपुर, असार २७ गते । अवैध रुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरमा खड्गबहादुर गुरुङले सञ्चालन गर्दै आएको मगङ्ली ट्राभल्स प्रालिको दोस्रो तल्लामा असार २३ गते बिहान ११ बजे हुन्डी कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले तिनीहरुले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान नगरपालिका–११ घर भई लाजिम्पाट बस्दै आएका विष्णु गुरुङ, सुनसरी इटहरी नगरपालिका–१ घर भई कोटेश्वर बस्ने सुरज गुरुङ, सङ्खुवासभा खाँदवारी–३ घर भई कोटेश्वर बस्ने भीमबहादुर खत्री र सङ्खुवासभा मानेभञ्ज्याङ–३ घर भई ललितपुर इमाडोल बस्ने दीपेश गुरुङ रहेका छन् ।

पक्राउ परेको स्थानबाट प्रहरीले रु एक लाख ८५ हजार १०५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकामध्ये विष्णु गुरुङले प्रयोग गर्दै आएको मोबाइलमा धर्मराज गुरुङ नाम गरेको व्यक्तिले विभिन्न मिति र समयमा रु ८६ लाख ६० हजार ८०० रुपैयाँको अवैध हुन्डी कारोबार गरेको देखिएको बताइएको छ ।

पक्राउ परेका व्यक्तिलाई जनही रु २३ लाख रुपैयाँ धरौटी राख्न भनिएकामा धरौटी राख्न नसकेपछि कारागार चलान गरिएको हो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution