संघीय गठबन्धनको रिले अनसन प्रति नयाँ शक्तिको ऐक्यबद्धता

२०७३ आषाढ २७ , काठमाडौं | संघीय गठबन्धन द्वारा काठमाडौँको खुल्ला मन्चमा ३५ दिन अघि देखि २६ बुंदे माग सहि बसी रहेको आन्दोलन / रिले अनसन प्रति नयाँ शक्ति नेपाल पार्टीले ऐक्यबद्धता जाहेर गरेको छ |
आज नयाँ शक्ति नेपालका राष्ट्रिय मामिला संयन्त्रका संयोजक परशुराम तामाङज्यूको नेतृत्वमा दिउँसो २ः०० बजे खुल्लामञ्चमा पुगेर ऐक्यबद्धता जनाउनु भएको हो |
संघीय गठबन्धनको आन्दोलन प्रति नयाँ शक्ति नेपालका राष्ट्रिय मामिला संयन्त्रका संयोजक परशुराम तामाङले भन्नु भयो “अहिलेको सरकार घर पोलेर खरानी ताप्ने खाल्को हो । अब पनि सरकारले संघीय गठबन्धनको माग पूरा गर्दैन भने त्यो देशलाई बर्बाद गर्ने ग्राण्ड डिजाइन नै हो भनेर नेपाली जनताले बुझ्नु पर्छ। देशलाई त्यो बर्बादिबाट बचाउनु संयुक्त जन आन्दोलन आवस्यक छ । त्यसको लागि नयाँ शक्ति पार्टी नेपाल , संघीय गठबन्धनसङग मिलेर संघर्ष गर्नु तयार छ ।”
संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजक रामकुमार शर्माले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो |