हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तीनकुनेमा बुद्ध मूर्तिसहितको शान्ति मण्डला बन्ने (फोटोफिचर सहित)

3
२७ असार, काठमाडौं । काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो ।

हिउँदमा धुलाम्मे र वषर्ामा हिलो एवं झाडीले ढाक्ने झण्डै ५० रोपनीको यो चौरीलाई महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।

छाडा पशु चर्ने र सिकारु गाडी चलाउने ठाउँका रुपमा रहेको यो ठाउँ अब योजनाअनुरुप काम भए केही वर्षभित्रै शान्ति मण्डलाको रुपमा विकसित हुनेछ ।

चौरलाई बौद्ध र हिन्दुधर्मको फ्युजन गरेर आत्यात्मिक एवं धार्मिक पर्याटनस्थलको केन्द्र बनाउने लक्ष्यसहित यसको सम्भाव्यता अध्ययन गरिएको हो । अब यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीअार) तयार पारेर कार्यान्वयनमा लैजाने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए |

मुख्य विशेषता

शान्ति मण्डलाको मुख्य आकर्षणका रुपमा बुद्धको मूर्ति रहनेछ । मण्डलाको बीच भागमा यो मुर्ति राखिने छ । जमिनको सहतदेखि १ सय ८ फिट अग्लो रहने यो मूर्ति हिन्दु तथा धार्मिक पर्यटकका लागि लक्षित हुनेछ ।

मण्डलाको प्रारम्भिक अवधारणसहितको डिजाइन तयार भइसकेको छ । महानगरपालिकाले तीनकुनेको संरचना तयार पार्न आर्किटेक्ट डिजाइन एसोसिएट्सलाई यसको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नै यो बुद्धको प्रतिमासहितको बगैंचा निर्माण गर्न चासो देखाएका थिए ।महानगरपालिकाको वाषिर्क बजेट सार्वजनिकरण गर्न भएको कार्यक्रममा थापाले तीनकुनेमा बुद्धको मुर्ति राख्ने प्रक्रिया थाल्न महानगरपालिकालाई निर्देशनसमेत दिएका थिए ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङ डीपीआर तयार गरेर सकेसम्म छिट्टै यो परियोजना निर्माण गरिसक्ने बताउँछन् । पार्क निर्माणका लागि १ अर्व २३ करोड ४६ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कस्तो हुन्छ मण्डला ?

मण्डलालाई हिन्दु र बौद्ध धर्मको मर्मलाई फ्युजन गरेर निर्माण गर्न लागिएको छ । मण्डलाको बीच भागमा ५४ फिट अग्लो स्तुपा आकारको संरचना निर्माण गरिनेछ । जसलाई माटोले भरिने छैन । स्तुपाभित्र तीनतलाको संरचनाहरु निर्माण हुनेछ । बाहिरी भागमा भने दुबो सहितको चाैर रहनेछ । जसमा विभिन्न मण्डला जनाउने क्रसहरू रहनेछन् ।

स्तुपाभित्रको भन्दा तल्लो तलामा पार्किङको व्यवस्था गर्ने योजना बनेको छ । दोस्रो तलामा ध्यान केन्द्र निर्माण गरिनेछ । भने तेस्रो तलामा क्युरेटर सपहरु रहनेेछन् ।
ध्यान केन्द्र अर्थात ‘मेडिटेसन’ हलमा विभन्न आध्यात्मिक कार्यक्रम गर्न प्रयोग गरिनेछ । पार्कभित्र शंख चक्र पार्कसहित हलमा एकैपटक दुई सय जनाले योग गर्न सक्नेछन् ।

क्युरेटर सपमा भने विभिन्न धार्मिक वस्तु र सजावटका सामाग्रीहरु किन्न सकिने छ । त्यही स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति सजाइनेछ । यसले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनेछ ।

मूर्तिको छेउमा दुईवटा मन्दिर जसतै संरचना राख्न प्रस्ताव गरिएको छ । तर, त्यसमा मूर्ति राख्ने योजना महानगरको छैन ।
मण्डलाको तीनै कुनालाई बौद्ध र हिन्दु धर्मको मर्मसँग फ्युजुन गर्ने योजना छ । तीन कुनालाई हिन्दूधर्मको ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिन सकिने सोचमा यसको डिजाइन भएको छ ।

यस्तै बौद्ध धार्मावलम्वीहरुले तीनै कुनालाई आफ्नो दर्शनअनुसार बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मान्न सक्नेछन् । ‘यहाँ प्रतीक झल्किने कुनै चीज हुनेछैन । तर, आध्यात्मिक ठाउँ भएकाले धार्मिक प्रतीकका रुपमा मात्रै विकास गरेका हौं’ कार्यकारी प्रमुख तामाङले भने ।
पार्कको प्र्रत्येक कुनामा चक्र र शंखको पेभिलियन निर्माण हुनेछ । पार्क वरपर नेपालका झण्डा राखेर राष्ट्रिय गौरवको स्थलमा रुपमा पनि पार्कलाई विकास गरिनेछ ।
मण्डलाका भित्र हरियाली पार्कसमेत निर्माण हुनेछ । त्यसका लागि रुख बिरुवाहरु रोपिनेछन् । संरचनाको तीनवटै कोणमा वाटर फाउन्टेन जडान गरिनेछ । बेलुकीको समयमा यसलाई रंगीन म्युजिकल फाउन्टेनका रुपमा प्रयोग गरिनेछ ।

यसलाई पूर्ण धार्मिकरुपमा भन्दा पनि धार्मिक विम्वयुक्तस्थलका रुपमा विकास गर्ने सोच महानगरको छ । पार्कमा परिक्रममा मार्ग घुमिसकेपछि आगन्तुकको मन शुन्यतामा जाने अर्थात् शहरी कोलाहल र तनावबाट मुक्ति पाउने डिजाइनको सोच छ ।

गोलाकारबाट मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष हुनेछन् । १२ घण्टाको दिनर १२ घण्टाको रात तथा असीमित समयको भावको प्रवेशद्वार निर्माण हुनेछन् ।

पार्क र बाहिरी भागको वीचमा पानीको फोहोराले सीमाना बनाउने ढाँचामा उल्लेख छ । पार्कभित्र बस्ने मानिसलाई बाहिरी सवारी साधनको हल्लाले असर नगर्ने गरी नयाँ प्रविधि जडान गरिनेछ । पार्कमा पानीको कलकल आवाज सुन्न पाइने भएकाले पार्क प्राकृतिक हुने दाबी गरिएको छ ।

कार्यकारी अधिकृत तामाङले शहरलाई ठूला योजनाबाट समृद्धितर्फ लैजान महत्वाकांक्षी र बहुवषर्ीय योजनाहरु अघि सारिएको बताए ।

जग्गाको किचलो

पार्क निर्माण लागि महानगरले योजना अघि सारे पनि तीनकुनेको जग्गा विवाद अझै सुल्झिएको छैन । अधिग्रहण गर्दा केही जग्गाधानीले मुआब्जा कम भएको भन्दै अस्वीकार गरेका छन् । अझै थुप्रै परिवारले तीनकुनेबाट हटेपनि मुआब्जा बुझेका छैनन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय उनीहरुको मुआब्जा रकम फि्रज भएर बसेको छ । जग्गा विवाद नसुल्झिएसम्म पार्क बनाउन नसकिने महानगरका अधिकारीहरु बताएको समाचार अनलाइनखबरमा छ |

0

1

2

3

4

5

6 7

8

9

11

12

13






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution