हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जातीय विभाजन आएको छैन: ओबामा

b

अमेरिकी राष्ट्रपति बराक ओबामाले, हालै अफ्रिकी अमेरिकी र प्रहरीबीच भएको गोलीहानाहानका घटनापछि, केही व्यक्तिले भने जस्तो अमेरिकामा जातीय विभाजन देखिएको भन्ने विषय अस्वीकार गरेका छन्।

उनले ती दुइ जाति बीचको सम्बन्ध सन् १९६० को दशककै अवस्थामा फर्किएको कुरा सत्य नभएको बताए।

अज्ञात व्यक्तिबाट आएको टेलिफोन धम्कीपछि ड्यालसको प्रहरी मुख्यालयमा बढाइएको सुरक्षा सतर्कता छानबिनपछि सामान्य अवस्थामा फर्किएको छ।

यसअघि त्यहाँका सडकहरुलाई घेराबन्दी गरिएको थियो र एउटा ग्यारेजमा खानतलासी गरिएको थियो।

प्रदर्शन

गतसाता दुई अमेरिकी राज्य मिनसोटा र लुजियानामा दुइजना अफ्रिकी अमेरिकीको प्रहरीले गोली हानी हत्या गरेपछि अमेरिका भर त्यसको विरोधमा प्रदर्शनहरु भइरहेका छन्।

त्यसक्रममा बिहीबार ड्यालसमा भएको प्रदर्शनका क्रममा एकजना अश्वेत नागरिक माइका जनसनले गोली हानी पाँचजना श्वेत प्रहरीको हत्या गरेका थिए।

उनले केही दिनअघि श्वेत प्रहरीले दुईजना अफ्रिकी अमेरिकी नागरिकको हत्या गरेपछि क्रोधित भएर आफूले प्रहरीहरुको हत्या गरेको बताएका थिए।

पोल्याण्ड पुगेका राष्ट्रपति ओबामाले नेटो सम्मेलनमा बोल्दै भने, “म दृढ रुपमा विश्वस्त छु कि केही मानिसले भनेजस्तो अमेरिका विभाजित भएको छैन। ड्यालसमा वा अन्य जहाँ भएपनि प्रहरीमाथि भएको अक्षम्य आक्रमणको विरुद्ध सबै जाति र पृष्ठभूमिका अमेरिकीहरु स्वाभाविक रुपमा आक्रोशित भएका छन्।”

स्थानीय सञ्चारमाध्यमका अनुसार अज्ञात धम्कीपछि ड्यालस प्रहरीको मुख्यालयमा विशेष सुरक्षा दस्ता परिचालन गरिएको थियो।
एउटा विज्ञप्तीमा ड्यालसको प्रहरी विभागले, सहरभरका कानुन कार्यन्वयन निकाय विरुद्ध अज्ञात धम्की आएको र त्यस कारण सावधानीका उपायहरु अपनाउन सुरक्षा व्यवस्था उच्च पारिएको बताएको थियो। -बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution