हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ भाषाको १५४ औं साहित्यिक श्रृंखला (ग्योइकाइ गेताङ) सम्पन्न

ge 1
आषाढ – २५ , याम्बु  । तामाङ भाषाको १५४ औं साहित्यिक श्रृंखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यिक संस्थाले काठमाडौंको प्रदर्शनी मार्गमा आज ग्योइकाइ गेताङको १५४ औं श्रृंखला सम्पन्न गरेको हो । कार्यक्रममा साहित्य वाचनका साथै भारत कालिङपोङका ८८ वार्षिय लेखक डी.बी. (धनबहादुर) योन्जनसंग साक्षात्कार समेत भएको थियो ।

उक्त ग्योइकाइ गेताङमा नेत्र तामाङ, मुक्तान थेबा, मनिकलाल घिसिङ, हिरामाया घिसिङ, टंकलाल दोङ, प्रयत्न वाइबा, निकिता वाइबा, रन्जना मोक्तान, संगीता थिङ, धनकुमारी घिसिङ, रचना मोक्तान, लगायतले तामाङ भाषामा कविता, गजल तथा मौलिक गीत प्रस्तुत् गरेका थिए ।
लेखक (धनबहादुर) योन्जनले २०६६ सालमा तामाङ–नेपाली–अंग्रेजी भाषामा तामाङ लिपि सहितको शब्दकोष प्रकाशन गर्नु भएको थियो । त्यसैगरी तामाङ लिपि वर्णमाला, तामाङ संख्या प्रणाली (बालबालिका पुस्तिका) समेत प्रकाशन गर्नु भएको छ ।

ge2

कार्यक्रममा लेखक योन्जनले तामाङ डाजाङले तामाङ भाषा र साहित्य संरक्षण तथा विकासका लागि चालेको अभियान प्रति खुशी व्यक्त गर्दै निरन्तरताको शुभकामना दिनुभयो । उहाँले नेपालमा तामाङ युवाहरुको सक्रियता देखेर आफु प्रभावित भएको बताउँदै भारतको दार्जलिङ, सिक्किम, आसाम र कालिङपोङमा भाषा बचाउन विभिन्न प्रयास र मातृभाषामा शिक्षाको ब्यवस्था भएपनि नयाँ पुस्ताको लगाव कम रहेको बताउनुभयो । भाषा मर्यो भने भाषासंगै ज्ञान र पहिचान समप्त हुने भएकोले भाषा बचाउन अपर्यहार्य रहेको उहाँको भनाई थियो । भारतभुमिमा रहेर तामाङ भाषा बचाउन र लिपिको प्रयोग गर्न आफुहरुले निक्कै ठुलो संर्घष गर्नु परेको अनुभव सुनाउदै लेखक योन्जनले नयाँ पुस्ताले आफ्नो भाषा, संस्कार, संस्कृति, संरक्षण गर्नका लागि भित्री आत्म देखिनै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तामाङ साहित्य एकेडेमीका कुलपति अमृत योन्जन तामाङले लेखक योन्जनको ब्यक्तित्वबारे चर्चा गर्दै तामाङ शब्दकोष र तामाङ संख्या प्रणाली सम्बन्धि पुस्तक महत्वुपर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै लामा टी ग्याल्छेनले तामाङ भाषा संरक्षणका लागि डाजाङले गर्दै आएको अभियानको ठूलो हात रहने भन्दै भाषा संरक्षणका साथै लिपिको निक्र्योलमा तामाङहरु पुग्न जरुरी रहेको समेत बताउनु भयो ।

@ तामाङ डाजाङ ला  फेसबुक ग्यामसे  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution