हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बिदेशिएका युवाहरुको सीप र पुँजी देशको समृद्धिमा लगानी गर्नुपर्ने: नेता पौडेल

i

ध्रुब क्षेत्री -जुलाई ७ कतार- नेपालमा पार्टी घोषणा भए लगत्तै नया शक्ति नेपालको भात्री संगठन अन्तर्रास्ट्रिय नेपाली समाज कतारले नयासक्ति पार्टी नेपालको स्थापना तथा मुस्लिमहरुको महान चाड ईदुल फित्र ईदको उपलक्ष्यमा राखेको शुभकामना तथा भाइचारा मिलन कार्यक्रम कतारको दोहामा भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नया शक्ति नेपाल पार्टीका बरिस्ट नेता, संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, अन्तरिम केन्द्रिय परिसद सदस्य तथा विदेश विभाग सदस्य इन्द्र राज भटराई र महिला तथा मुस्लिम नेतृ नसिमा खान कतार आउनु भएको थियो!

भेलामा विशेष अतिथिको रुपमा नेपाली दूतावासका महामहिम कार्यबाहक राजदुत मणि रत्न शर्मा, गैर आवासीय नेपाली समाजका अध्यक्ष बिनेस तमाङ, समाजसेवी, बिभिन्न संघ तथा जिल्ला संस्था, बुद्धिजीवी तथा कॉंग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा माओवादी (बिप्लब ) लगाएतका बैचारिक तथा संस्था का प्रतिनिधिहरुले उक्त कार्यक्रमलाई बधाई दिदै देशमा बर्तमान समयको आवस्यक्ता भनेकै आर्थिक विकास रहेको भन्दै, सम्रिद्द नेपाल निर्मार्ण लागि सर्बप्रथम आर्थिक विकास आबस्यक रहेको र यसको लागि नयसाक्तिले आफ्नो नारामा नै बिसेष जोड दिएको हुनाले आफूहरू नया शक्ति पार्टी प्रति आशा बादी रहेको बताएका थिए । साथै उहाहरुले सबै संगठन वा संग-सस्था मिलेर कतार को मजदुर हक र हितमा हाते मालो गर्ने प्रतिबदत्ता पनि ब्यक्त गर्नु भएको थियो!

भेलालाइ सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि तथा नयाँ शक्ति नेपाल पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बाध्यतावश विदेश पुगेको लाखौं नेपाली युवाहरुको सीप, क्षमता र पुँजी स्वदेशको समृद्धिका लागि लगानी गर्नु पर्ने बेला आएको ले यसमा सबै ले मिलेर लाग्नु पर्ने धारणा राख्दै यसलाई नेपालमा बिकाश को लागि लगानी युक्त बातावरण को बेबस्था मिलाउन नयासक्ति पार्टीले पहल गर्ने बताएका थिए!

पौडेलले विदेशिएका नेपालीहरुले स्वदेशमा आर्थिक विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने र खेल्नुपर्नेमा जोड दिए । ‘सीप, क्षमता र पुँजी भएका युवाहरुले स्वदेशमै काम सुरु गर्ने वातावरण बनाउन सकिए रोजगारीको सृष्टिसँगै आर्थिक विकास र समृद्धि सजिलै हासिल गर्न सकिन्छ, ‘तर त्यसको लागि राज्य, राजनीतिक दल र नागरिक सबैको सकरात्मक भूमिका हुनु पर्ने धारणा राख्नु भयो ! साथै उहाले विदेश मा भएका वा कतारमा भएका सबै मजदुहरुको समस्या हरुलाई आफुले केन्द्र सरकार सम्म पुर्याउने बाचा गर्दै यहाँ कतारमा आबस्यक सयोगमा ध्यान दिन महामयिम राज दुत समक्ष्य पनि आग्रह गर्नु भयो!

कार्यक्रममा विशेष अतिथि इन्द्र राज भटराईले नेपालको करिब १०% जनसंख्या भएका र आन्तरिक रास्ट्रबाद बोकेका नेपाली मुस्लिमलाई उनीहरूको मुद्दामा सरकार गम्भीर हुन अग्रह गर्दै समावेशी समानुपातिक बिना कुनै पनि देश सम्रिद्दी हुन नसक्ने भन्दै यसमा ध्यान दिन सरकारलाई आग्रह गर्नु भयो, साथै समाबेसीता र सहबगिता मुलक लोकतान्त्रिक बिधि बिना रास्ट्रिय एकता हुन नसक्ने बताउँदै मुस्लिम समुदायको महान चाड ईदुल फित्रको उपलक्ष्यमा शुभकामना बेक्त गरेका थिए ।
उक्त भेलाको सभापतित्व अन्तर्रास्ट्रिय नेपाली समाजक कतारका संयोजक बि बि खराल ( रोसन) ले गरेका थिए भने संगठन का उप-संमयोजक लाल भट्ट ले स्वागत मन्तब्य दिएका थिए साथै कार्यक्रम संचालन प्रवक्ता ध्रुब क्षेत्रीले गरेका थिए भने अन्तर्रास्ट्रिय नेपाली समाज कतारक बिभाग अन्तर्गत,दलित सक्तिका संयोजक क्रिस्ण परियार, र युवा तथा मुस्लिम नेता माहमुद कार्कीले शुभकामना संदेश ब्यक्त गरेका थिए भने कर्यक्रम लाइ सांगीतिक क्षेत्रका संयोजक छितिज किरण गैरेको टिम ले संगीत मय बनाएको थियो, साथै बिबिन्ना क्षेत्र बाट नयासक्ति लाइ आत्मा साथ गर्नु हुने जमात पनि उप्ल्लेखानिया नै देखिन्थ्यो, नब प्रबेसीहरुमा ‘ कमल दिन मिया , सबिर बक्श मिया, सयदीन मिया, अलिअक्बर मिया, समिम मिया र समाज सेबी दुर्गा भुसाल का साथै लामो समय सम्म मसाल सम्बद प्रबासी नेपाली संगठन भारतमा उपादक्ष्य, र महासचिब को जिम्मेवारी समालेका तथा हाल मावोबादी नेवा राज्य समिति मा आबद्द श्री सी.सी सुबेदी (प्युठान) पनि हुनुहुन्थ्यो!!1

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution