नयाँ शक्ति नेपाल संगठन विभाग प्रमुख देबेन्द्र पौडेल यूएर्इमा,आजै प्रशिक्षण कार्यक्रम
युएई– नयाँ शक्ति नेपाल संगठन विभागका प्रमुख देबेन्द्र पौडेल आज यूएर्इ आर्इपुगेका छन् ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारले आयोजना गरेको इद मिलन र पार्टी घोषणा शुभकामना आदानप्रदान कार्यक्रममा भाग लिर्इ आज युएर्इ आर्इपुगेका हुन् ।
पौडेलको साथमा नयाँ शक्ति नेपाल अन्तर्राष्ट्रिय विभाग सदस्य एवं शिक्षक समाज नेपाल संगठन प्रमुख इन्द्रराज भट्टराई र मुस्लिम महिला नेतृ नसिमा खान पनि युएर्इ आइपुगेका छन् ।
नयाँ शक्ति नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज युएईको आयोजनामा आज दुबईमा हुन गैरहेको विशेष प्रशिक्षण कार्यक्रममा भाग लिन पौडेलसहितको टोली युएर्इ आएका हुन् ।
दुबर्इ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न अन्तर्राष्ट्रिय नेपाली समाज युएईका संयोजक उतम अधिकारी, संगठन विभाग संयोजक शुरेश ढकाल, सह–संयोजक मुना सामसुल हक, नयाँ शक्ति मध्यपूर्व युवा संयोजक दामोदर गिरी, व्यवसायी सालिक सुबेदीलगायत अन्तर्राष्ट्रिय नेपाली समाज युएईका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
आज सम्पन्न हुने उक्त प्रशिक्षण कार्यक्रममा युएर्इका सबै क्षेत्रहरू शारहजा, दुबई आबुधाबी, रसअलखेमा, फुजेरालगायतका नयाँ शक्ति सदस्यहरूको बाक्लो उपस्थिती रहने आयोजक सदस्य महाप्रसाद धितालले जानकारी दिएको छ |