हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इराक युद्धमा ब्लेयरले माफी मागे, बुसमाथि युद्धअपराधको मुद्दा चल्न सक्ने

eorge_w_bush_tony
२३ असार, काठमाडौं । इराक युद्धबारे अध्ययन गर्न बनेको बेलायती चिलकोट जाँचबुझ आयोगले आफ्नो रिपोर्ट सार्वजनिक गरेको भोलिपल्ट बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले युद्धमा मारिएकाहरुका परिवारसँग माफी मागेका छन् । उता अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि भने युद्ध अपराधको मुद्दा चल्न सक्ने चर्चा सुरु भएको छ ।

ब्लेयरलाई थाहा छ, माफी पाइँदैन

बेलायती प्रधानमन्त्री ब्लेयरले माफी मागेको सम्बन्धमा बिहीबार बीबीसीले लेखेको छ- ‘बि्रटेनका पूर्वप्रधानमन्त्री टानी ब्लेयरले २००३ को इराक युद्धमा मारिएका मानिसका परिवारजनसँग माफी मागेका छन् । तथापि उनले यो पनि स्वीकार गरेका छन् कि तीन परिवारजनले तिनलाई न कहिल्यै बिर्सनेछन् र न माफ गर्नेछन् ।’

पूर्वप्रधानमन्त्री ब्लेयरले इराकमाथिको आक्रमण गल्ती भएको घुमाउरो किसिमले स्वीकारोक्तिसमेत प्रकट गरेका छन् । बीबीसी रिपोर्टका अनुसार उनले यो स्वीकार गरेका छन् कि त्यसबेला खुफिया सूचना गलत थियो र युद्धपछिको योजना खराब थियो ।

सद्दामले हारे, आइएस जन्मियो !

तत्कालीन सद्दाम हुसेनको सत्ता विरुद्ध सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि नेटो गठबन्धबाट सैन्य आक्रमण भएको थियो । अमेरिकी आक्रमणलाई बेलायतले सक्रियतापूर्वक सघाएको थियो ।

इराक आक्रमणमा दौरान २००३ देखि २००९ सम्म बेलायती सैनिकहरु १७९ जना मारिएका थिए । इराक युद्धमा ३ हजार ८ सय ७६ जना मारिएका थिए भने ५७ हजार ३ सय ५५ जना घाइते भएका थिए । विस्थापितहरुको संख्या लाखौंमा रहेको छ । त्यस्तै धनजनको क्षति एवं घरबारविहीन हुनेहरुको यकिन विवरण नै छैन ।

इराकले रासायनिक एवं जैविक हतियार राखेको आरोपमा अमेरिका र बेलायतले त्यहाँको सार्वभौमितामाथि आक्रमण गरेको थियो । तर, अमेरिका र बेलायतले दाबी गरेजस्तो इराकमा जैविक हतियार फेला परेन ।

अर्कोतर्फ सद्दामको शासन ढलेपछि इराकमा अहिलेसम्म त्यहाँ शान्ति कायम हुन सकेको छैन । इराक युद्धको प्रतिफलस्वरुप इस्लामिक विद्रोहीहरुको जन्म भएको छ र यसैका कारण युरोप र संसारका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढेका छन् ।

संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्ट अनुसार सिरियाका चारवटा शहरमा मात्रै अहिले ६२ हजार नागरिक भोकमरीको शिकार बनेका छन् ।

सिरियालगायतका देशबाट लाखौंको संख्यामा शरणार्थीहरु युरोपको विभिन्न भागमा छरिएका छन् । बलात्कार, मानव बेचबिखन, भोकमरी लगायतका समस्याले सिंगै विश्व यतिबेला आक्रान्त बनेको छ ।

र, यी सबै परिघटनाको कारक इराकमाथि थोपरिएको अनावश्यक युद्ध नै हो भन्ने निश्कर्ष अमेरिका र बेलायत दुबै देशमा निकाल्न थालिएको छ ।

इराक आक्रमण अन्यायपूर्णः चिलकोट रिपोर्ट

यसैवीच इराकमाथि गरिएको आक्रमणको औचित्यबारे अन्वेशण गर्न गठित आयोगले बुधबार आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सात वर्ष लगाएर गरिएको जाँचबुझपछि तयार पारिएको रिपोर्टमा इराकमाथिको आक्रमण अन्तिम विकल्प थिएन भन्दै इराक आक्रमणलाई नाजायज ठहर गरेको छ ।

जोन चिलकोटको संयोजकत्वमा तयार पारिएको यो जाँच रिपोर्ट विभिन्न १२ खण्डमा प्रकाशित गरिएको छ ।

बेलायतले शान्ति र निशस्त्रीकरणको पर्याप्त उपाय अवलम्बन नगरी सैन्य आक्रमणको आखिरी उपाय अपनाएको रिपोर्टमा निश्कर्ष निकालिएको छ ।

त्यसैगरी इराकमाथि तबाही मच्चाउनेवाला हतियार लिएर गरिएको आक्रमण न्यायोचित नभएको चिलकोट रिपोर्टको निश्कर्ष छ । गुप्तचरहरुको अपुष्ट रिपोर्टका आधारमा त्यसको जाँच नगरिकन आक्रमण गरिएको ठहर जाँचबुझ आायोगको रिपोर्टमा स्पष्ट पारिएको छ ।

साथै आक्रमणपछि उत्पन्न हुने जोखिमको पनि आँकलन नगरी इराकमाथि आक्रमण गरिएको रिपोर्टमा उल्लेख छ । सद्दाम हुसेनलाई परास्त गरेपछि के गर्ने भन्ने पनि आँकलन नगरी आक्रमण गरिएको निश्कर्ष चिलकोट जाँचबुझ आयोगले निकालेको छ ।

‘जुन परिस्थितिमा इराकमाथि हमलाको कानून आधार दिइइएको थियो, त्यसलाई पनि सही ठहर्‍याउन सकिँदैन,’ रिपोर्टमा भनिएको छ ।

‘बुसमाथि युद्धअपराधमा मुद्दा चल्न सक्छ’

यसैवीच इराक हमलाका नेतृत्वकर्ता अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि युद्ध अपराधको अभियोगमा अन्तरराष्ट्रिय अदालतमा मुद्दा चल्न सक्ने एक अमेरिकी विश्लेषकले बताएका छन् ।

अमेरिकारको डेलावेयर युनिभर्सिटीका प्रोफेसर मुक्तदर खानको भनाइ उधृत गर्दै बीबीसीले चिलकोट रिपोर्टलाई आधिकारिक बताउँदै बुसमाथि मुद्दा चल्न सक्ने बताएका हुन् । कुनै व्यक्ति वा संस्थाले उजसरी गरेमा अन्तरराष्ट्रिय अदालतमा सुनुवाइ हुन सक्ने खानको विश्लेषण छ ।

त्यसैगरी अब टोनी ब्लेयर पनि कानूनी कारवाहीबाट बच्न नसक्ने खानको टिप्पणी छ ।

इराक घटनामा मारिएका व्यक्तिका परिवारजनसँग माफी माग्ने क्रममा बेलायती पूर्वप्रधानमन्त्री ब्लेयरले इराक युद्धको आफूले जिम्मेवारी लिन बताउँदै अगाडि भनेका छन्-‘भावी नेताहरुले यो गल्तीबाट पाठ सिकुन् ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution