हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानमन्त्रीज्यू, अब एउटा घोषणा गरिदिनुहोस् प्लिज !

-डा. गोपाल चिन्तन सिवाकोटी

नौ सय मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने अन्य विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् । अर्थात् सेतो सुन ।

Gopal-Chintanविगत २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियानः अरुण-३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृनिकाय र सरकारहरूले दिएको ऋण तथा अनुदानको पनि सही सदुपयोग हुनुपर्दछ भन्ने थियो । तर, यस देशलाई आज यस अधोगतिमा पुर्‍याउने त्यसबेलाका ‘खलनायक’हरु डा. रामशरण महत, पशुपति शमसेर, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनाथ उपाध्याय, डा. विनायक भद्रा, अजितनारायणसिंह थापा र डा. जनकलाल कर्माचार्यहरूका कारण यो सम्भव भएन । अरुण-३ खारेजीमा पर्‍यो ।

त्यसपछि पनि हाम्रो अभियान जारी रहृयो । तर, ०६५ सालमा आएर नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकारले बिनासोच अरुण ३ भारतीय सरकारी कम्पनी, सतलज जलविद्युत निगमलाई केही मेगावाट बिजुली र केही रोयल्टी पाउने शर्तमा कौडीको मूल्यमा सुम्पिदिए ।

भित्रभित्र के कति रकमको चलखेल के कसरी भयो, त्यो त छानविनको विषय हो । यसमा पछि आएर प्रचण्ड र डा. बाबुराम भट्टराईसमेतको समर्थन रहृयो । यसरी जनयुद्धको जगमा प्रधानमन्त्री बनेका यी दुई “क्रान्तिकारी” कम्युनिष्टहरुको योगदान, बलिदान र राष्ट्रियता पनि बालुवामा पानी हाले बराबर भयो । १० वर्षे जनयुद्धमा खेलिएको रगतको होली दाहालको झोली र भट्टराईको नयाँ करिश्मा चोलीमा सिद्धियो ।

अब के गर्ने त ? अबको कुरा सिधा छ । हामीले बल्लतल्ल देशका लागि केही सुनौला सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओली पाएका छौँ । उनकै पालामा केही होलाको जस्तो पनि छ । उनी आँटिला पनि देखिएका छन् ।

प्रधानमन्त्रीज्यू, तपाइँले बोलिदिए पुग्छ, हामी लड्न तयार छौँ । हामीलाई दलाल र डाक्टर बुद्धिजीवीभन्दा पनि धेरै नपढेकै सही तर यस्तै र अझै बढी आँटिला एवं इमान्दार नेताहरु चाहिएको छ । प्रधानमन्त्री ओलीले आजै र अहिल्यै घोषणा गरी दिनुपर्‍यो कि अरुण ३ (र, साथमा माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दी पनिं) अब नेपालीले आफैँ बनाउने छन् । काठमाडौँ-निजगढ दूतमार्ग सरकार आफैँले बनाउने घोषणा गरेझैँ अरुण ३ पूर्वाञ्चल अर्थात् १ नं. प्रदेशका जनताले आफैँ बनाउने छन् । यताकाले मस्र्याङ्गदी र उताकाले माथिल्लो कर्णाली बनाउनेछन् ।

र, सक्नुहुन्छ भने बिनापूर्वाग्रह भनिदिनुहोस् (किनकि म आफूँ मालेको संस्थापक कार्यकर्ता हो तर एमाले होइन) कि “यसको नेतृत्व आफ्नो सम्पूर्ण जिन्दगी नेपाल र भारतबीच भएका असमान सन्धि सम्झौताहरुको खारेजीका लागि बिताएको, जलस्रोतसँग सम्बन्धित सन्धि सम्झौताहरुका बारेमा विद्यावारिधि गरेको एउटा प्राध्यापक तथा सफलतापूर्वक अरुण ३ अभियान हाँकेको र अरुण ३ खारेज भएवापत खाँदबारीमा नेकपा एमालेका नेता र कार्यकर्ताहरूबाट गोदाइ खाएको पूर्वाञ्चलकै आठराईको हृवाकु गाउँमा जन्मेको प्रधानमन्त्रीको छिमेकी ठिटो डा. गोपाल चिन्तनले गर्नेछ” भनेर !

प्रधानमन्त्री ओलीले यस देशका लागि नगरी नहुने एउटा महान काम हो यो । अरुण-३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । भारतीय दादागिरी र नवउपनिवेशवादको जरा काटिनेछ र नेपालमा आर्थिक क्रान्ति हुनेछ । तपाई प्रधानमन्त्रीको सँधै जयजयकार हुनेछ । तपाईका लागि काँध थाप्नेहरूको लावालस्कर हुनेछ ।

प्रधानमन्त्रीज्यू, तपाईले यस राष्ट्रलाई यति गुण लगाइदिनुभयो भने म पनि आजैदेखि तपाईको पछाडि लाग्नेछु । तपाईलाई अन्तिम घडीसम्म साथ दिनेछु । म काठमाडौँ र पोखराको हुँदोखाँदो बुर्जुवा जागिर, वकालत, कमाइधमाइ र उपभोक्तावादी सुखसुविधा सबैथोक छोडेर विनापारिश्रमिक अरुण र बरुणमा पाइने दुईछाक ढिँडो र सागका भारमा अरुण नदीका खोंचमा झम्पल र गैँती चलाएर काम गर्नेछु । अरुण ३ आयोजना तोकिएको समय र लागतमा मेरै नेतृत्वमा निर्माण गरेर देखाइदिनेछु ।

गर्नुहुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाईको एउटा सपना । छन् कोही भने फोन हान्न लगाउनुहोस् मलाई । म आजै र अहिल्यै विस्तृत योजनासहित हाजिर हुनेछु ।

अनि यसका लागि के हामी पूर्वेलीहरु तयार छैनौँ ? पैसा त छ नि हामीसँगै । विज्ञहरु पनि छन् हामीसँगै । काम गर्ने प्राविधिक र मजदुरहरू पनि छन् हामीसँगै । रोडा, ढुङ्गा र माटोको त समस्यै भएन । बिजुलीको बजारको कुरा गर्ने हो भने पूर्वाञ्चलले मात्र दशौँ हजार मेगावाट बिजुली खपत गर्न सक्छ/गर्नुपर्दछ । किन गर्नुपर्‍यो निर्यात ? बिजुली बढी भएर बेच्नै परेछ भने त्यही जोगबनी र सिलगुढी कटाउँला नि । किन चाहियो दिल्ली !

अन्त्यमा,

पूर्व हो घाम झुल्कने, पूर्व हो उज्यालो पस्कने !
हामी पूर्वेली छँदाछँदै सतलज र दिल्लीसँग सरकार किन लस्कने !!






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution