हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पोर्चुगल युरो २०१६ को फाइनलमा प्रवेश

वेल्सको अविस्मरणीय यात्रामाथि पूर्णविराम लगाउँदै पोर्चुगल युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगल २–० ले विजयी बन्दै सन् २००४ पछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगललाई जीत दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने । आजको खेलअघि निकै दबाबमा रहेका रोनाल्डोले आफ्नो ट्रेडमार्क हेडर मार्फत पोर्चुगललाई खेलको ५० औं मिनेटमा अग्रता दिलाए । त्यसको तीन मिनेट पछि उनैको प्रहारलाई नानीले गोलको दिशा दिँदै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेका रोनाल्डो निकै आलोचित बनिरहेका थिए ।

गोलसँगै रोनाल्डोले युरोपियन च्याम्पियनसीपमा सर्वाधिक गोल गर्ने किर्तिमान बाराबरीमा गरेका छन् । फ्रान्सका मिसेल प्लाटिनीले प्रतियोगितामा ९ गोल गर्दै राखेको किर्तिमान रोनाल्डोले बराबरी गरे । प्लाटिनीले उक्त किर्तिमान एकै प्रतियोगितामा राखेका हुन् भने रोनाल्डोले चार पटक भाग लिँदै उक्त किर्तिमान बराबरी गर्न सफल भए । जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो ।

खेलको अन्तय तिर ड्यानिलो र रोनाल्डोले पोर्चुगलको अग्रता अझ बढाउने सुन्दर अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

प्रतिबन्धका कारण प्रभावशाली खेलाडी आरोन रामसे र बेन डेभिस बिना नै मैदानमा उत्रेको वेल्स पोर्चुगल विरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि गोलका धेरै अवसर भने सृजना गर्न सकेन । उता, पोर्चुगलले पनि घाइते पेपेलाई गुमाएको थियो ।

बेल भर्सेस रोनाल्डो

आजको खेलअघि सबैतिर पोर्चुगल र वेल्सको भिडन्त भन्दा पनि विश्वका दुई सफल खेलाडी रोनाल्डो र गेराथ बेलको चर्चा थियो । एउटै क्लबमा भएर पनि एकअर्काको प्रतिस्पर्धीका रुपमा हेरिने यी दुई सुपरस्टारमध्ये को खेलमा चम्कने छन् भन्ने सर्वत्र चर्चा थियो ।

b1

प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका बेल आजको खेलमा हाबी हुने अनुमान धेरैले गरेका थिए । तर, ३ पटकका फिफा वर्ष खेलाडी रोनाल्डोले एक पटक फेरि बेललाई ओझेलमा पारेका छन् । खेलमा बेलले पोर्चुगलको पोष्टमा तीन वटा लामो दुरीबाट उत्कृष्ट प्रहारहरु गरेका थिए । तर, तीनवटै प्रहारलाई गोलकिपर रुइ प्याट्रिसियोले बचाएका थिए । उनले बेलाबेला पोर्चुगलको डिफेन्सलाई चुनौती दिए पनि गोल गर्न भने सकेनन् । पहिलो पटक सेमिफाइनलमा पुगेको वेल्सको यात्रा यतिमै सिमित बन्यो । यता, आजको खेलमा रोनाल्डो नै निर्णायक बने र पोर्चुगललाई उपाधिबाट मात्र एक खेल टाढा पुर्याए । खेल सकिएपछि रोनाल्डोले आफ्ना सहकर्मीहरुसँग खुसायिली मनाउन अघि बेल कहाँ पुगेर सान्तवना दिएका थिए ।

b

यसअघि निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न नसकी पोर्चुगल सेमिफाइनल सम्म पुगेको थियो । समूह चरणमा खेलमा सबै बराबरी गर्दै तेस्रो बनेर अन्तिम १६ मा प्रवेश पाएको थियो । त्यहाँ क्रोएसियालाई अतिरिक्त समय र क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पोर्चुगलले पराजित गरेको थियो । अब पेरिसमा हुने फाइनलमा पोर्चुगलले आयोजक फ्रान्स र जमर्नीबीचको बिजेतासँग भिड्नेछ । पछिल्लो पटक सन् २००४ को फाइनलमा पुगेको पोर्चुगल ग्रीससँग स्तब्ध बनेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution