हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मानव तस्करको जालो पोर्चुगलसम्म…

काठमाडौं: आकर्षक काम र तलबको प्रलोभनमा मानव तस्करहरुले पोर्चुगल पुर्‍याएका २३ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले उद्धार गर्न सफल भएको छ ।

पोर्चुगलको अध्यागम विभाग (सेफ) ले गरेको ‘पोखरा’ अपरेशनका क्रममा कष्टकर अवस्थामा जीवन बिताइरहेका २३ नेपालीसहितका आप्रवासीलाई उद्धार गरेको हो ।

सेफले ‘पोखरा’ अपरेशनका क्रममा पोर्चुगलको सन्तराई क्षेत्रबाट कृषि काममा लगाइएका २३ जना नेपालीलाई मंगलबार उद्धार गरेको पुष्टि गरेको छ । उद्धार गरिएका सबै नेपालीको नाम, ठेगाना र उनीहरुको विवरण भने सेफले गोप्य राखेको छ ।

सेफले उद्धारपछि जारी गरेको विज्ञप्तीमा २३ नेपालीसहित आप्रवासीहरु मानव तस्करको शिकार भएको जनाएको छ। नेपालीसहितका आप्रवासीका लागि गरिएको बासको व्यवस्था पनि न्यूनतम् सुविधायुक्त नभएको सेफले जनाएको छ ।

उद्धार गरिएका नेपालीसहितका आप्रवासीहरुलाई कसरी पोर्चुगल पुर्‍याइयो भन्ने खुल्न  सकेको छैन । तर सेफले गरेको अनुसन्धानका क्रममा नेपालीसहितका आप्रवासीसँग गरिएको कामको सम्झौतापत्र पनि त्यहाँको कानुनअनुसार अवैध भएको पाइएको छ ।

नेपाली आप्रवासीहरुलाई गाईबस्तु राखिने जस्तै झ्याल पनि नभएको घरको भुइँ कोठामा कोचाकोच अवस्थामा राखिएको पाइएपछि कारबाही प्रकिया अघि बढाइएको छ ।

पोर्चुगलमा काममा लगाउने एजेन्टले खानेकुरा दाल, चामल, प्याज र आलुसहित सहुलियतमा किनेर चर्को मूल्य असुलेको पाइएको छ।
सेफले छापामा मारेको स्थान फोहोर र जेलजस्तै झ्याल पनि नभएको भेटिएको थियो। नेपालीसहितका आप्रवासीलाई एउटै कोठामा सातजनासम्मलाई सुताइएको पाइएपछि सेफले कारबाही अघि बढाएको छ ।

‘२३ जना नेपालीहरु बसेको घरको कोठामा न त पानीको सुविधा नै थियो न त बिजुलीको सुविधा नै’, सेफले भनेको छ, ‘त्यति धेरै आप्रवासीका लागि एउटा मात्रै भत्किसकेको शौचालय भएकाले उनीहरुको जीवन कष्टपूर्ण थियो ।’

सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आप्रवासीबाट खाना र बासको रकम चर्कोरुपमा असुल्ने गरेको पाइएको छ ।
‘आप्रवासीहरुलाई तोकिएको भन्दा धेरै समय काम लगाउँदा पनि थोरै तलब दिइएको पाइयो’, सेफले भनेको छ’, ‘उद्धार गरिएका कामदारहरुले आफूहरु चर्को श्रमशोषणमा परेको बयान दिएका छन् ।’

सेफले गरेको अनुसन्धानका क्रममा कम्पनीका मालिकले आफ्नो र कामदारहरुकबीचको सम्बन्ध सुमधुर रहेको बयान दिएपनि कामदारको अवस्था भने दयनीय भएको पाइएको छ । श्रमशोषण गरिएका कामदारहरुबाट पोर्चुगलको पीआर मिलाइदिने भन्दै लाखौं रुपैयाँ असुलेको बयान पनि नेपाली कामदारले दिएका छन् ।

मानव तस्करहरुको जालोमा परेर पोर्चगुल पुगेका नेपालीहरुलाई उद्धार गरेर सेफले उनीहरुको सुरक्षा र घटनाबारेमा थप अनुसन्धानका लागि विशेष आवास गृहमा सारिसकेको जनाएको छ ।

पोर्चुगलको अध्यागमन विभाग (सेफ) को कारबाही र अनुसन्धानबाट नेपालीहरु मानवतस्करको हातमा पर्दै युरोपसम्म पुगेको तथ्य पनि खुलेको छ ।

मानव तस्करहरुबाट पोर्चुगलसहितका युरोपेली देशमा पुर्याइएका नेपालीहरुलाई कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य पनि बाहिर आएको छ। सेफले पोर्चुगलमा नेपालीसहितका आप्रवासीलाई शोषण गर्ने कम्पनी, त्यसका मालिक र त्यहाँसम्म पुर्‍याउने दलालबारे केही पनि बोलेको छैन । @ अन्नपुर्ण पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution