कतारमा रहेका नेपाली नयाँ शक्तिप्रति उत्साहित

काठमाडौं, असार, २२ । संगठन बिस्तार एबम् प्रशिक्षणका लागि कतार पुगेका नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बिदेशिएका नेपालीहरुले स्वदेशमा आर्थिक विकास गर्न ठूलो योगदान गर्न सक्ने बताएका छन् ।
बाध्यताले विदेशिनु परेका नेपालीहरुलाई सम्बोधन गर्दै नेता पौडेलले देश विकासमा युवा शक्तिले विदेशमा आर्जन गरेको सिपलाई स्वदेशमा सदुपयोग गर्नुपर्नेमा जोड दिंदै युवाहरुलाई स्वदेशमैं रोजगारीको अवस्था सिर्जना गरी आर्थिक बृद्धि गर्ने अभियानमा नायाँ शक्ति लागि परेको बताए । नयाँ कार्ययोजना अनुसार संगठन बिस्तारका क्रममा कतारमा व्यापक भेटघाट तथा उत्साहपूर्णं सहभागिता रहेको देबेन्द्र पौडेलले बताए ।
उनले भने,– साथीहरुको उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ ।’ त्यहाँ गठन गरिएको पार्टी संगठन र जिम्मेवारी पाएका सम्पूर्णं पदाधिकारीहरुलाई पौडेलले सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । पार्टी संगठन तथा प्रशिक्षणका लागि इन्द्रजित भट्टराई, नसिमा खानलगायत अन्य नेताहरु पनि कताररहेका छन् । नेताहरुले कतारका बिभिन्न शहरमा प्रशिक्षण दिने छन् ।
@अखवार दैनिक