हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

रमजान र आत्मशुद्धिको प्रश्न

abdul salam khan
अब्दुल सलाम खान

पवित्र कलमा अर्थात् अल्लाहबाहेक कोही पनि पूजनीय छैन । मोहम्मद (सल्ल.) अल्लाहका रसूल हुन् । नमाज कायम गर्नु । रमजानको रोजा राख्नु । जकात निकाल्नु । हज गर्नु । यिनै पाँच आधारमा इस्लाम बनेको छ । यदि कोही यी पाँच आधारभन्दा बाहिर गएको छ भने ऊ मुसलमान होइन । यसै आधार स्तम्भमध्ये रमजानको रोजा राख्नु तेस्रो आधार स्तम्भ हो ।
अहिले अरबी पात्रोको नबौँ महिना रमजानको (व्रत) चलिरहेको छ । हिजरी संवत् २ देखि प्रचलनमा रहेको रोजा राख्न सम्पूर्ण मुस्लिमलाई अनिवार्य गरिएको थियो । यो रोजा हरेक वालिग, समझदार महिला तथा पुरुषमाथि अनिवार्य गरिएको छ । कुनै रोग वा शरइ उज्र (इस्लामी विधिशास्त्रले तोकेको परिस्थिति) बाहेक रमजानको रोजा छोड्नु पाप हो तर वृद्धवृद्धा, अशक्त रोगी, गर्भवती, रजस्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन ।
अरबी भाषामा “सौम” भनिने रमजान महिनाको रोजामा कुनै विशेष समयमा खासखास वस्तुहरूबाट निश्चित सर्तहरूका साथ सूर्योदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विशेषतः खानपिन, सम्भोगबाट चित्तलाई अलग राख्नु भन्ने बुझिन्छ । सौम भन्नाले पार्थक्य वा मौन हुनु हो । रमजानमा विश्वका सबै मुस्लिमहरू एकैसाथ खानपिन गर्छन् । एकै समयमा खानपिन छोड्छन् । अल्लाहको उपासान गर्छन् । यसर्थ रमजानको रोजा सामुहिक र विश्वव्यापी हुन्छ ।
रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यावहारिक प्रशिक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रोजा मनुष्यमा इशपरायणता जन्माउने अत्यन्तै महŒवपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुन्छ । यसबाट आज्ञापालन, अनुशासन, नम्रता, सत्यप्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग र दयाजस्ता मानवीय आचरण एवं गुणहरू जन्मन्छन् ।
इस्लामी रोजाले व्रतालुलाई व्रतको समयमा खानपिन र सहबासलाई मात्रै नभई रोजाको उद्देश्य, तŒवज्ञान र नैतिकताको लागि हानिकारक अरू वस्तुहरूलाई पनि अवैध घोषित गर्छ । इस्लामी कानुनले रोजालाई शिष्टाचार, अदब, अल्लाहसँगको प्रेम एवं संयमी दिल र वचनको पवित्रताको घेरामा घेरेको छ । तसर्थ रोजा धेरै सकारात्मक आदेशहरूको संगम हो । यो उपासना कुरानको पाठ, अल्लाहको सम्झना, सहानभूति र गरिबहरूलाई मद्दत गर्ने महिना हो । यसर्थ रमजान उपासना, दया बरकतको महिना हो ।
रमजान पवित्र महिना हो । यो दान, प्रतिदान र क्षमादानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्मको ८० गुना नेकी प्रतिदान मिल्छ । अल्लाह व्रतालुको पुकार सुन्छ । जसले रोजामा विश्वास राख्छ, उसका विगतका सबै पापहरू क्षमा हुन्छन् । रोजाको मूल उद्देश्य पुण्य फैलाउनु र पापलाई मेटाउनु हो । परन्तु रोजा बसेर पनि कुनै व्यक्ति पापमा लिप्त रहन्छ भने उसलाई भोक एवं तीर्खाको अतिरिक्त केही प्राप्त हुन सक्दैन । हरेक वस्तुको जकात (धर्मदान) हुन्छ । शरीरको जकात रोजा भएको कुरा अल्लाहको रसूल (मोहम्मद सल्ला) ले बताएका छन् ।
रोजाले भोक र तीर्खा सहने बानी बस्छ । मनुष्यले मनमाथि नियन्त्रण राख्न सक्छ । सामथ्र्यवान र धनीलाई असमर्थ र गरिबहरूको बेहोर्ने भोक र तीर्खाको अनुभव हुन्छन् ।
सट्टाको रोजा ः
रमजानको महिनामा बिरामी परेका वा यात्रामा रहेकालाई रोजा नरहने अधिकार छ तर निको भइसकेपछि वा यात्रा समाप्त भएपछि अर्काे वर्षको रमजान प्रारम्भ हुनुपूर्व नै छुटेको जति राख्नु हुँदैन । यस अवस्थामा छुटेका रोजाहरू प्नि अर्काे रमजान पूर्व नै राखिसक्नुपर्छ । कमजोर वृद्धवृद्धा छुटेको प्रत्येक दिनको रोजाको दिनको रोजाको अनुपातमा एक गरिबलाई खाना खुवाउनु पर्छ । समर्थ छैन भने पर्दैन ।
सेहरी ः
रातको आखिर प्रहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने आवश्यक राख्नुपर्छ ।
इफ्तार ः
सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । भनिन्छ– व्रतालुहरूको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ । अर्काेतर्फ व्रतालुहरूलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमहरूको विश्वास छ ।
तराविह ः
रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो नमाज रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरानको पाठ गरिन्छ तर यस्तो पढ्नु अनिवार्य छैन ।
एतकाफ ः
रमजान महिनालाई १०÷­१० दिन गरी तीन भागमा विभाजन गरिएको छ । प्रत्येक भागलाई “अशरा” भनिन्छ । पहिलो अशरा रहमतका (दया) को, दोस्रो मगफिरत (मुक्ति) को र तेस्रो स्वर्गमा स्थान बनाउने हुन्छ । व्रतालुहरू गाँउ वा सहरका मस्जिदहरूमा रमजानको अन्तिम अशरामा एतकाफ (अल्लाहको उपासनाका लागि एकान्तबास) मा बसी अल्लाहको खुब गुनगान गर्छ ।
शबे कद्र ः
अल्लाहले रमजानको तेस्रो भागमा आफ्नो तŒवज्ञान र दयालाई निहित गरेको विश्वास गरिन्छ । रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनको लागि सर्वशक्तिमान अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” पनि भनिन्छ । यस दिव्य रातलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरानले वर्णन गरेको छ । यस रातमा ईशदूतहरू पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास छ ।
कुरानको अवतरण ः
रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान कुरान अवतरित भएको महिना हो । यो महिनामा धेरैभन्दा धेरै कुरानको पाठ गर्नु पर्छ । मनवजातिको मार्गदर्शन तथा सत्य र असत्यबीच स्पष्ट अन्तर गर्नका लागि अल्लाहले कुरान हजरत मोहम्मदमाथि १७ अगस्त, सन् ६१० बाट अवतरण हुन सुरु गरे । परिस्थिति र जुन अन्तर्वस्तुमा मार्गदर्शक वा आदेशको आवश्यकता प¥यो त्यसैअनुसार कुरानको अवतरणको प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन् ६३२ सम्म रह्यो । कुरानमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोमहरू) रहेका छन् ।
सदका­ए­फित्र ः
सदका­ए­फित्र तथा जकात (धर्मादान) द्वारा इस्लाम सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसहरूलाई दिनुपर्छ । जोसँग प्रचलित साढे ७ तोला ५२ तोला सुन वा साढे ५२ तोला चाँदी मूल्य बराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिहरूले आफू र आफ्नो परिवारका सदस्यहरूको फित्र दिनुपर्छ । फित्रको मात्रा पनि इस्लामले निर्धारण गरिदिएको छ । पौने दुई सेर गहुँ वा साढे ३ सेर जौ वा यसको पीठो वा यसको मूल्य बराबरको कुनै अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ । यस हिसाबले यस वर्ष नेपालमा यसको मात्रा प्रति व्यक्ति रु. ७०।­ तोकिएको छ । त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन्, जसमाथि सद्का अनिवार्य छैन । यस दानबाट रोजामा भएका केही सानातिना त्रुटिहरू माफ हुने विश्वास गरिएको पाइन्छ ।
जकात ः
जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात दिनको लागि प्रचलित चाँदीको मूल्यको हद साढे ५२ तोला वा साढे ७ तोला वा यसको मूल्य बराबरको नगद रूपियाँ, एक वर्षसम्म सञ्चित रहिरह्यो भने त्यसको मालिकले १०० को २ दशमलव ५ प्रतिशतका दरले जकात निकाल्नु पर्छ । जनावर र उब्जनीमा माटोको क्षमता तथा सिँचाई आधारमा जकात निकाल्नु पर्ने हुन्छ  । आयस्रोत नहुने, गरिब, नोकरको स्वतन्त्रता, ऋणीहरूको कर्जा तिर्न आदिमा जकातबाट सङ्कलित रकम प्रयोग गर्न सकिन्छ ।
जीवनमा सफल हुनका लागि कर्म गर्न जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक एवं परलोक दुवैमा सफलता दिन्छ । रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरूलाई कुकर्म गर्नबाट रोकेर सत्यतर्फ प्रवृत्त गराउँछ । यो कुकर्मबाट टाढा रहने र पुण्य फैलाउने उपमा हो । यसैगरी रोजा उपासना, जनसेवा एवं मानवकल्याण हो । यसमा हामी सफल भए जताततै शान्ति
फैलनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution