हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नाइटोमा ‘बेली बटन रिङ’

s

काठमाडौं—एकताका पूर्व युवराज्ञी हिमानी शाहको नाइटोमा ‘बेली बट्न रिङ’ झुण्डिएको फोटो खुबै भाइरल भएको थियो । ठ्याक्कै त्यही शैली पछ्याउँदैं नवनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि नाइटोमा ‘बेली बटन’ लगाउन थालेकी छिन् ।

‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी यी सुन्दरी नायिकाले हालै प्रधानमन्त्री निवास वालुटारमा भएको एक भोजमा तस्विर खिचाउँदा उनले नाइटोमा छेडेर बेली बटन पहिरिन थालेको खुलासा भएको हो । नाइटो छेड्नुलाई अंग्रेजीमा ‘नेभल पाइरेसिङ’ भनिन्छ ।

सलक्क परेको आकर्षण अग्लो जिउडाल भएकी साम्राज्ञीले उक्त कार्यक्रममा दिएको एक सिंगल पोजमा उनको नाइटोमा झुण्डिएको बेली बटन रिङ स्पष्ट देखिन्छ । सेतो जालीवाला टिसर्टमा देखिएकी उनले निलो जिन्स पहिरिएकी छिन् । फोटोका लागि पोज दिने क्रममा सिधा उभिदा उनको टिसर्टमाथि सरेर उनको नाइटोको बेली बटन देखिएको छ ।

बलिउडमा र हलिउडमा सेलिब्रटीहरु आकर्षण देखाउनलाई नाइटोमा बेली बटन झुण्डयाउने चलन उच्च छ । जुन विस्तारै नेपाली नायिकाहरुमा पनि सर्न लागेको देखिन्छ ।

‘ड्रिम्स’मा उत्कृष्ट अभिनयका कारण चर्चामा रहेकी साम्राज्ञी त्यसपछि झरना थापाको हिट फिल्म ‘ए मेरो हजुर’को सिक्वेलमा अनुबन्ध भएकी छिन् । ‘ए मेरो हजुर २’मा उनी राम्रो पारिश्रमिकमा अनुबन्धन भएको बताइन्छ ।

कामसुत्रमा भनिएअनुसार बेली बटन रिङ सन् ७०० देखि दक्षिणपूर्वी एसियाबाट प्रचलनमा आएको हो । सन् १९९३ मा मोडल क्रिष्टी टर्लिनटङले नाइटो छेड्दै लण्डनमा एक फेसन शो मा प्रस्तुत गरेपछि यसले फेशनको रुप लिएको थियो । पछिल्ला दिनहरुमा नाइटोमा गहना लगाउने ट्रेण्ड बढ्दो छ । धेरै खाले डिजाइनहरु बजारमा देखिन थालेका छन् ।

यसलाई कानमा छेडिने जसरी नै नाइटोमा छेडिने गरिन्छ । पुरुषले यदि नाइटो छेडेर बेली बटन रिङ पहिरिएमा त्यसले पुरुषत्व वा साहसको प्रतिनिधित्व गर्ने मानिन्छ । महिलाहरुले भने कामुक र सुन्दर देखाउन बेली रिङ पहिरिने गरेको मानिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution