हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कांग्रेस महामन्त्री शशांकको अवस्था सुधारोन्मुख, उनलाई भेट्न अस्पतालमा नेताको भिड

sas
काठमाडौं : बिहानदेखि भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहानदेखि भेन्टिलेटरमा राखेर चिकित्सक टोली उनको उपचारमा खटिएको छ। ‘अहिले उहाँ आफैं पिसाब गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डा. हरिकिशोर श्रेष्ठले भने, ‘ब्लडप्रेसरमा पनि सुधार आइरहेको छ।’ उनका अनुसार अहिले प्रेसर ९०/६० छ। बिहान भने उनको प्रेसर घटेर ६०/४० पुगेको थियो। उनमा वान्ता हुने समस्या पनि देखिएको थियो।

५८ वर्षे उनको उपचारमा डा. भगवान कोइराला र अर्जुन केसीको नेतृत्वमा १५ सदस्यीय टोली तयार गरिएको छ।

गएराति खाना सर्किएपछि कोइरालाले वान्ता गरेका थिए। श्वासप्रश्वासमा समेत असहज भएपछि उनलाई राति नै अस्पताल पुर्‍याइएको थियो।

उनलाई थप उपचारका लागि बाहिर लाने कुरा भइरहे पनि चिकित्सकले अहिले भेन्टिलेटरमा उपचार भइरहेकोले नमिल्ने बताएका छन्। कोइरालाकी पत्नी तथा ओम अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ सुपात्रा कोइरालाले पनि थप उपचारका लागि बाहिर लैजाने निर्णय नभएको बताइन्।

अस्पतालमा नेताको भिड
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न प्रमुख राजनीतिक दलका नेताहरु ओम अस्पतालमा पुग्नेक्रम जारी छ। आज बिहानदेखि भेन्टिलेटरमा राखेर कोइरालाको उपचार भइरहेको छ।

उनको थप उपचारका लागि दिल्ली लैजाने नेताहरुको प्रस्ताव अस्पतालले अस्वीकार गरेको छ। उनकी पत्नी डाक्टर सुपात्रा कोइरालाले पनि उनलाई भेन्टिलेटरबाट निकाल्न नहुने बताएकी छिन्।

कोइरालालाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायत शीर्ष तहका नेता उपस्थित छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उप प्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा पनि अस्पताल पुगेर उनको पछिल्लो अवस्थाबारे बुझेका छन्।

नेकपाका नेता माधवकुमार नेपाल र प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायतका नेताहरु पनि अस्पताल पुगेका छन्।

sas1

sas2

sas3






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution