हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

श्रीमानले यौन इच्छा पुरा नगरेको भन्दै प्रहरी कार्यालयमा उजुरी

झापा – इलाका प्रहरी कार्यालय बिर्तामोडमा श्रीमानले यौन इच्छा पुरा नगरेको भन्दै एक महिलाले उजुरी गरेकी छन् ।

श्रीमानले आफ्नो इच्छा पुरा नगरेको भन्दै कान्छी श्रीमतीले प्रहरी समक्ष उजुरी नै गरेकी हुन् । शुरुमा त श्रीमान श्रीमतीबीचको शारीरिक सम्पर्क र त्यसमा पनि श्रीमतीबाटै यस्तो उजुरी आउँदा प्रहरी पनि चकित पर्यो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेको उक्त उजुरीसंग सम्वन्धित नाम ठेगाना भने गोप्य राखिएको छ । श्रीमतीले आफूलाई समय नदिएको र श्रीमानले शारीरिक सम्पर्कका लागि ध्यान नदिएको भन्दै योसंगै इलाका प्रहरी कार्यालय बिर्तामोडमा चालू आर्थिक वर्षमा तीन वटा उजुरी परेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले प्रहरी समक्ष परेका ३ सय २२ वटा मुद्दा मध्ये यि मुद्दा फरक प्रकृतिका रहेको जनाएको छ । श्रीमानले श्रीमतीलाई शारीरिक वा मानसिक यातना दिएका घटना हामीले सुनेका पनि छौं कतिले देखेका पनि छौं । तर, श्रीमतीले श्रीमानलाई शारीरिक तथा मानसिक यातना दिएको कमै मात्र सुनिन्छ ।

श्रीमानले आफूलाई शारीरिक सम्पर्क नगरेको र गरेपनि आफ्नो इच्छा पूरा नगरेको भन्दै प्रहरी समक्ष उजरी गर्न आइपुगेकी ति महिला र पुरुषलाई प्रहरीले मिलाउन खोज्यो तर प्रहरीले सकेन ।

इलाका प्रहरी कार्यालयको परिसरमा लामो समयसम्म पती पत्नीको सम्वन्धलाई स्थापित गराउन प्रयत्न गरेपनि श्रीमतीले अन्तत मुख खोलिन– के वस्नु यस्तासंग चाहेको समयमा शारीरिक सम्पर्क नै गर्दैनन्, गरेपनि इच्छा पूरा नगर्नेसंग किन बस्ने म त सक्दिन । शुरुमा त मिलापत्र गराउन बसेको प्रहरी नै जिल्ल परे । अन्तत श्रीमतीले श्रीमानसंगको शारीरिक सम्पर्कबाट असन्तुष्टि जनाएपछि प्रहरीले उक्त मुद्धा दर्ता गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्नीबाट पीडित बनेको भन्दै श्रीमती विरुद्ध पनि उजुरी आउने गरेको प्रहरीले जानकारी दिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution