धर्मगुरु रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ समक्ष ४ प्रश्न र वहाँको जवाफ

१. बुद्ध धर्ममा चार वटा परिषद भिक्षु,भिक्षुणी र उपासक,उपासिका यि मध्य उपासक र उपासिक हामी जस्तो बौद्ध मार्गि भन्न खोजिएको हो ?
२. मलाई कसैले बौद्द धर्म के हो ? भनेर सोध्यो भने मैले छोटकारीमा के उत्तर दिदा हुन्छ ?
३.महायानमा ४ वटा शाखा जसमा शाक्य,निङ्मा,गेलुक,कग्यु यिनिहरुमा अन्तर के छ ?
४. बौद्ध धर्मका गुरुहरुको प्रयोग गर्ने साधन जस्तै डिल्बा वा घन्टी, बज्र वा दोर्जे, डमरू ,यी साधनहरु के को प्रतिक हो? र उदेश्य के हुन सक्छ ?
अर्को मेरो जिज्ञासा भन्नु पर्दा आज हामी तामाङहरु वास्तबिक कुन धर्म हो एकिन छैन मर्द खेरी मात्र लामा लगाउने अरु बेलामा कुल देवताको नाममा बाख्रा काटेर मान्ने काटाकुटी हिन्दू । बौद्ध धर्मको बारेमा चासो नदिने । त्यसैले कसरी हाम्रो बौद्ध धर्मको शिक्षा बिस्तार् गर्ने भने तिर लाग्नु पर्ने देखिन्छ ।
गाउँका लामा गुरुहरु एकत्रित गराई बौद्ध दर्शन शिक्षा दिनु पर्ने देखिन्छ । यिनिहरुले नै बौद्ध धर्मको नाममा उल्टो गरिरहेको देख्छु ।
तपाईंहरु जस्तै शिक्षित गुरुहरु अब गाउ गाउ पनि प्रवाचनको लागि पुग्नु पर्ने देखिन्छ । म पनि तामाङ बौद्ध मार्गि भएको नाताले यस्ता गाउँघरको लामा गुरुहरुले गरेको कार्य पटकै मन पर्दैन, सच्चा बौद्ध मार्गि भएकोले यस्ता कुल देवताको नाममा लप्ताबा लगाएर काट्मार गर्ने चलन पनि छोडि दिए ।
आज गुरुहरु जस्तै शिक्षित गुरुबाट लेखेको लेख पढछु, प्रवाचन सुन्छु । गुरु समयले साथ दिएमा कुनै दिन नेपाल आउँदा भेट गरौला । म अहिले बैदेशिक रोजगारको शिल शिलामा दुबईमा छु ।
***********
सर्व प्रथम त आफ्नो जिज्ञासा्, मनो खुल्दुली अनि बौद्ध धर्म सम्बन्धिको प्रश्नको लागि यहाँ प्रती आभार प्रकट गर्न चाहान्छु । ल्हस्सो थुजेछे छ यहाँ लाई सुभ मङ्गलम।।।म रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ लामो अन्तराल समय सम्म आफ्नो जन्म भुमी छोडेर मान्छेको देशमा बसेर एक्लै धेरै संघर्ष गर्दै बौद्ध दर्शनको गम्भीर अध्ययन गरे अनुसार आफुले जानेको,सुनेको र बुझेको कुरालाई यहाँ प्रस्तुत गर्नु पर्दा यहाँको प्रश्नको उत्तर हरु यस प्रकार रहेको छ।
१. दक्ष गुरुबाट पन्चशिल ग्रहण गरि हर दिन , हर रात सोही पन्च शिलमा रहेर पन्च शिलको पालन र संरक्षण गर्ने गृहस्थ वा गृहस्थी बौद्ध मार्गी हरुलाई नै उपासक र उपाशिक भनेर भनिन्छ।
२. प्राणी हित र जगत कल्याण हुने खालको ज्ञान , हर सत्तोहरुलाई दुर्गतीबाट सजिलै संग उद्दार गरि सुगती सम्म पु-र्याउने आन्तरिक धर्म,शिल,सामाधी र प्रज्ञालाई बौद्ध धर्म भनेर भनिन्छ।
३. ङिङ्मा,कग्यु,शाक्य,गेलुक यी तीन वटै सम्प्रदाय बौद्ध धर्म भित्रकै सम्प्रदायहरु हुन्। ङिङ्मा, काग्यु र शाक्यहरु तन्त्रयानामा धेरै जोड दिन्छन् भने गेलुक चै सुत्रयानामा।
४. तन्त्रयाना सम्प्रदाय अनुसार दर्शनको गम्भीर अभ्यास गर्ने हो भने एकै जुनिमा बुद्ध्तो प्राप्त गर्न सकिन्छ तर सुत्रयान सम्प्रदाय अनुसार दर्शनको गम्भीर अभ्यास गर्ने हो भने बुद्दतो प्राप्त गर्न असङ्ख्या कल्पा लाग्ने गर्दछ।
५. आ-आफ्नो सम्प्रदायले नामाकरण अलग अलग गरेत तापनि उहीँ सोचाइ,उहीँ अभ्यास र उहीँ उद्धेश्य हुन्छन् , यी ४ वटा सम्प्रदायको ।
६. डिल्बुको प्रतीक महा मुद्रा यानिकी सुन्यता हो जसको टिङ टिङ भन्ने आवाज ध्वानीमा सुन्यताको ध्वानी मिश्रण भएको हुन्छ। जसको ध्वानी श्रवण गरि सारा जगत शून्य हुन् भनी चिन्तन मनन र भवन गर्न सकिन्छ ।
७.दोर्जीको प्रतीक बोधिचित्त हो । दोर्जे जति नै बलियो र अडिक हुन्छ त्यसतै बोधिचित्त पनि दोर्जे जस्तै बलियो र अडिक बनाइ तन, मन र वचन लाइ धर्मकर्ममा लगाउनु पर्दछ।
८. हुन त दोर्जे,डिल्बु,डमरु जस्ता हर चिजको ध्वानीलाई अनित्य,अनात्म,र सुन्यताको प्रतीक हुन् भनी श्रावण,चिन्तन र मनन गरि रहनु पर्दछ।।
यसरी श्रावण,चिन्तन र मनन गर्नाले यसको महा शक्तिले बिस्तारै असङ्ख्य काल्पा देखिको पाप सर्वनास भई मनमा नव प्रग्या ज्ञान प्राप्त हुने गर्दछ।
थुग्जेछे।।
सदा सर्बदा सु कुसल रहि रहोस् ।।
-रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ
रामेछाप।