हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

राष्ट्रिय युवा परिषदमा २४ जना नियुक्त, सिन्धुलीबाट तुलसा वाइबा तामाङ

YUWAA

असार २०, २०७३- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषदमा २४ सदस्य नियुक्त गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार पहिलो पटक सदस्य नियुक्त गरिएका हुन् । मन्त्रालयले गत फागुनमा माधव ढुंगेललाई परिषदको अध्यक्ष नियुक्त गरेको छ । ऐनअनुसार सदस्य नियुक्तिसँगै परिषद्ले पूर्णता पाएको छ ।

प्रावधानअनुसार युवा सम्बन्धी संघसंस्थाबाट नियुक्ति पाउने ४ जना छन् । जसमा भावना भट्ट (प्युठान), रुपा उप्रेती (बारा), टिका पौडेल (इलाम) र सुजित के.सी. (काठमाडौं) छन् । त्यसैगरी आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट १४ जनालाई नियुक्त गरिएको छन् । थप एकजना अपाङ्ता भएको महिला नियुक्त हुन बाँकी रहेको जनाइएको छ । नियुक्त गरिएहरुमा दुर्गानन्द ठाकुर (सप्तरी), टेकराज पछाइ (जुम्ला), प्रवेज आलम अन्सारी (बारा), क्षितिज थेबे (ताप्लेजुङ), धनराज तुम्बापो (पाँचथर), शैलेन्द्रकुमार चौधरी (रौतहट), लक्ष्मीप्रसाद चौलागाई (कालिकोट), झलमाया बिक (नवलपरासी), संगिता अछामी (ललितपुर), जिनत अन्सारी (काठमाडौ), सम्झना अधिकारी (पर्वत), लिला शर्मा (दाङ), पिंकि कुमारी साह (धनुषा) र सिता सुवेदी (सुनसरी) छन् ।

यसैगरी उद्योग, श्रम, कृषि, खेलकुद, विज्ञान, प्रविधि, वातावरण, साहित्य तथा कला क्षेत्रबाट ६ जना नियुक्त गरिएका छन् । जसमा दिलिप न्यौपाने (कास्की), खिम प्रसाद पन्थी (अर्घाखाँची), तेज बहादुर थापा (बागलुङ), तुलसा वाइबा (सिन्धुली), पवित्रा भुर्तेल (काभ्रे) र थलु राजभण्डारी (ओखलढुंगा) छन् । परिषद्का पदाधिकारी तथा सदस्यको पदावधिक ४ वर्षको हुनेछ । परिषद्ले हरेक तीन महिनामा बैठक बसी आवश्यक नीति तथा कार्यक्रम निर्माण र निर्णयहरु गर्नेछ ।

‘परिषद् विस्तार भएको छ,’ परिषद्को उद्देश्य, लक्ष्यसम्बन्धी सबै कुराको बाटो खुलेको उल्लेख गर्दै उपाध्यक्ष ढुंगेलले कान्तिपुरसित भने, ‘अब युवालाई सशक्तिकरण गर्नेतर्फ बृहत्तर कार्ययोजना तथा कार्यक्रमहरु अघि बढाइने छ ।’ आगामी आर्थिक वर्ष २०७३/७४ मा परिषद्का निम्ति ४० करोड बजेट बिनियोजन भएको छ ।

ऐनअनुसार परिषद्ले युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसैगरी युवा सम्बन्धी योजना तथा कार्यक्रम बनाई लागू गर्ने, परिषद्मा आवद्धता प्राप्त गर्ने संघ, संस्थाहरुले पालना गर्नु पर्ने शर्तहरु निर्धारण गर्ने, विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्नेछ ।

सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन–२०२५ स्वीकृत गरिसकेको छ । भिजनले युवासम्बन्धी दश वर्षे रणनीति तय गरेको छ । युवाको उमेर १६ देखि ४० वर्षसम्म कायम गरेको छ । नेपालको कुल जनसंख्याको ४० दशमलब ३५ प्रतिशत युवा रहेका छन् ।

ऐनले युवालाई राष्ट्र निर्माणमा सहभागी हुन तथा मुलुक निर्माणमा केन्द्रित भई अघि बढ्न उत्प्रेरित गर्ने, युवा विकास, सशक्तीकरण एवं मूलप्रवाहिकरण सम्बन्धी विषयमा सरकारलाई सुझाब दिने, परिषद्को लागि आवश्यक कर्मचारीको दरबन्दी संख्या निर्धारण गर्ने रहेका छ । जिल्लामा युवा समिति गठन गरी युवा सम्बन्धी सम्पूर्ण समस्या पहिचान, प्रतिभाको खोजी, सशक्तिकरणको पक्षमा नीति तथा कार्यक्रमहरु पहिल्याउने जनाइएको छ ।

– गणेश राई / इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution