कुमार लिङ्देन नेतृत्वमा बन्यो – संघीय लिम्बुवान मञ्च

संघीय लिम्बुवान पार्टी नेपाल औपचारिक रुपमा विभाजन भएर कुमार लिङ्देन नेतृत्वमा संघीय लिम्बुवान मञ्च पार्टी गठन भएको छ । भेडेटारमा भएको लिम्बुवानजन्य पार्टीहरुबिचको एकतापछि बनेको संघीय लिम्बुवान राज्य परिषद यससंगै औपचारिक रुपमा विभाजन भएको हो ।
यद्धपि वीर नेम्वाडको नेतृत्वमा रहेको लिम्बुवान पार्टी र लिडदेन नेतृत्वमा लिम्बुवान मञ्चले आफू नै आधिकारिक लिम्बुवान पार्टीको रुपमा रहेको दाबी गर्दै आएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दमकमा सम्पन्न दोश्रो महाधिवेशनले लिङदेनको नेतृत्वमै पुन मञ्च र मञ्चको कार्यसमिति चयन गरेको जनाइएको छ ।
यसैबीच लिम्बुवान पार्टीका संयोजक विर नेम्वाङले पार्टी अध्यक्ष लिङदेनले नै पार्टी फुटाएर लिम्बुवान र लिम्बुवानी जनतामाथि नै गद्दार गरेको आरोप लगाउनु भएको छ
।
हामीसँगको विशेष कुराकानीमा उहाँले पार्टीलाई एक ढिक्का हुन नदिने तत्व बाहिरिएको टिप्पणी गर्दै अब लिम्बुवान पार्टी एक ढिकका भएर अघि बढ्ने दाबी गर्नुभयो । उहाँले पार्टीको असौज ४, ५ र ६ गते ।
महाधिवेशन गर्ने तयारी भईरहेको पनि जानकारी दिनु भयो । उहाँले लिम्बुवान पार्टी राष्टिय पार्टीका रुपमा पनि विकास गरिने पनि बताउनु भयो । @डिसीनेपाल |