भूकम्प पीडित कोटामा क्यानडा लैजाने भन्दै ठगी
काठमाडौं, असार २० । भूकम्पी पीडितलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ धापासी घर भई हाल टोखा नगरपालिका– ८ बस्ने ३१ बर्षीय देवजङ्ग पण्डितले भूकम्पी पीडित कोटामा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पण्डितले क्यानडाको लागि भुकम्प पीडितको कोटा आएको भन्दै बुढानिलकण्ठ नगरपालिका–१७ बस्ने मच्छे श्रेष्ठबाट २२ लाख लिएर क्यानडा भन्दै साउथ अफ्रिकासम्म पु¥याएर अलपत्र पारी पण्डित फरार भएका थिए । श्रेष्ठले नेपाल फर्किएर महानगरीय अपराध महाशाखामा निबेदन दिएपछि प्रहरीले पण्डितलाई बानेश्वरबाट पक्राउ गरेको हो । ठगी मुद्धामा थप अनुसन्धान एवं कारवाहीको लागि पण्डितलाई महानगरीय प्रहरी परिसर काठमाडौमा राखिएको छ ।