हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

भैरहवाको देवकोटा चोकबाट बुद्धको मूर्ति नहटाइने

q

लुम्बिनी (रुपन्देही), १९ असार । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्यस्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक राख्ने जिल्लास्तरीय निर्णयबाट स्थानीय राजनीतिक दल तथा सरोकारवाला पछाडि हटेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले देवकोटा चोकमा महाकवि देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाले विरोध जनाएपछि दल तथा सरोकारवाला आफूले गरेको निर्णयबाट पछाडि हटेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय भेलाले देवकोटा चोकमा रहेको भगवान गौतम बुद्धको मूर्तिलाई यथावत् राख्ने, अर्धकदको देवकोटाको सालिकको ठाउँमा पूर्णकदको देवकोटाको सालिक राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

गत असार १३ गते बसेको बैठकले देवकोटा चोकमा रहेको बुद्धको प्रतिमालाई भारतबाट नेपाल प्रवेश गर्ने बेलहिया नाकामा रहेको पर्यटन कार्यालयमा स्थानान्तरण गर्ने निर्णय एकपक्षीय भएको भन्दै बौद्ध धर्मसँग सम्बन्धित सङ्घसंस्थाले भैरहवामा सर्वदलीय, सर्वपक्षीय भेला आयोजना गर्दै निर्णय सच्याउन आग्रह गरिएको थियो ।

उनीहरुको आग्रह पश्चात पहिलेको निर्णय सच्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले उल्लेख गर्नुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution