हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मेरो श्रृजनाको अपमान भो ‘प्रेमगीत’की कोरियोग्राफर – रेनशा वान्तवा राइ

renasha
शनिबार आयोजना भएको ‘फान अवार्ड’ सम्पन्न भएसँगै विवाद चुलिएको छ । हुनत, अवार्ड विवादरहित भएको खासै पाइदैन । यसैले, यो अवार्ड पनि विवादमा पर्नु नौलो कुरा भएन । तर, धेरैले अवार्ड नपाएको भन्दा पनि नोमिनेशनमा परेर पनि निम्तो नपुगेकोमा विरोध गरिरहेका छन् ।

चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत कोरियोग्राफी गरेकी रेनशा वान्तवा राइले अवार्डका लागि निम्तो नै पाइनन् । जबकी, उनी उत्कृष्ट ५ को नोमिनेशनमा थिइन् । रेनशाले आफूलाई निम्तो पनि नगरिएको भन्दै आफ्नो श्रृजनाको अपमान भएको बताइन् ।

 रेनशाले भनिन्-‘अवार्ड पाउनु या नपाउनु दोश्रो कुरा हो । तर, उत्कृष्ट ५ मा परेको प्रतिस्पर्धीलाई नै नबोलाउनु लाजमर्दो कुरा हो । पहिले नै अवार्ड कसलाई दिने पक्का गरेर अरुलाई किन बोलाउनु भने जस्तै देखियो ।’

गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘प्रेमगीत’को शिर्ष गीतको कोरियोग्राफीले अत्याधिक चर्चा पाएको थियो । रेनशाले अवार्ड पाएको गीत ‘सुर्के थैली’ अडियोमा मात्र हिट भएको बताइन् । उनले भनिन्-‘मैले यो गीतको कोरियोग्राफीमा खासै केहि भेटेको छैन । बरु, चलचित्र ‘ड्रिम्स’बाट कविराज गहतराजले पाएको भए चित्त वुझाउन सक्थेँ । सुर्के थैलीको कोरियोग्राफीले नेपाली चलचित्रको गीत मेकिङलाई नयाँ उचाइमा लादैन ।’

उनले ‘प्रेमगीत’को शिर्ष गीतमा सामान्य जंगलदेखि गोदावरीलाई पनि सपनाको वगैचा जस्तो बनाएको बताइन् । रेनशाको प्रश्न छ-‘जुरीबाट यस्तो कुरा किन नियालिएन थाहा भएन ?’

उनले अबदेखि कलाकार संघले आयोजना गर्ने ‘फान अवार्ड’मा आफू सहभागी नहुने बताइन् । रेनशाले भनिन्-‘मैले अबदेखि कलाकार संघको अवार्डमा सहभागी नहुने निर्णय गरेकी छु । अनलाइनखबरबाट मैले औपचारिक घोषणा गरेकी हुँ । उत्कृष्ट ५ मा परेको चलचित्रकर्मीलाई नै अवार्डमा निम्तो नदिनु कतिसम्म लापरवाही हो ?’

रेनाशाका अनुसार उत्कृष्ट ५ को कोरम पुर्‍याउनका लागि नै अरुको श्रृजना राख्ने हो भने त्यो श्रृजनाको अपमान मात्र हो । उनले यसलाई लापरवाहीको चरम सिमा बताएकी छिन् । उनले अबदेखि आफूलाई ‘फान अवार्ड’को उत्कृष्ट ५ मा नराख्न आग्रह पनि गरिन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution