चलचित्र “गाजलु” लिएर नायिका सृष्टि श्रेष्ठ हङकङमा

१ जुलाई २०१६ | चलचित्र “गाजलु” लिएर नायिका तथा मिस नेपाल (२०१२) सृष्टि श्रेष्ठ हङकङ आईपुगेकी छिन् । नेपालमा सफल प्रर्दशन पश्चात हङकङ प्रिमियरको लागि उनी हङ्कङ आएकी हुन ।
फिल्म हङ्कङ स्थित योङ्लुङ थिएटरमा भोली ७ बजेबाट प्रर्दशन हुदैछ । नेपालको ट्रिपिकल कुमारी प्रथाको कथालाई उठान गरिएको फिल्मबाट सृष्टि निकै नै आशावादी छिन् भन्छिन्– “हङकङली दर्शकहरुको साथ र सहयोगको अपेक्षा लिएकी छु ।”
दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक हेमराज बिसी लगायत अन्य कलाकारहरु पनि आउँने क्रम जारी छ । फिल्मलाई नेपाली चलचित्र विकास बोर्ड हङ्कङ र ब्लाक पिग प्रडक्सनको आयोजनामा हङ्कङमा प्रर्दशन गर्न लागिएको हो ।