हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सरकारको विकल्प खोज्ने कसरत : कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने

२०७३ असार १७ – सहमतिको सरकारबारे बहस चल्दै गर्दा त्यसका लागि कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ । यसअघि कांग्रेससँगकै छलफलपछि वैशाख २२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि भोलिपल्ट निर्णय फिर्ता लिएका कारण कांग्रेस ढुक्क हुन सकेको छैन ।

कतिपयले कांग्रेस र माओवादी केन्द्रबीच ओली सरकार गिराउनेबारे एक मत बने पनि त्यसपछि बन्ने सरकारबारे मतभेद हुन सक्ने आँकलन गर्दैगर्दा माओवादी पक्ष भने आपसमा शंका गर्नुपर्ने कुनै अवस्था नभएको दाबी गर्छ ।

उच्च स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै दाहाललाई प्रधानमन्त्री बनाउने बचन दिइसकेका छन् । देउवाले दाहालसँग पहिले केपी ओली सरकारबाट आफ्ना मन्त्री फिर्ता गराउन आग्रह गरेको बुझिएको छ ।

यसअघि दाहालले नयाँ सरकार निर्माणका लागि वक्तव्य जारी गरे पनि उनको निर्णयमा माओवादीकै मन्त्रीहरुले असहमति राखेपछि मतभेद व्यवस्थापन गर्न उनलाई कठिन परेको थियो । जसका कारण ओली सरकार गिराउने निर्णय गरेको २४ घण्टा नबित्दै उनी पछि हटेका थिए । दाहालको यही निर्णयका कारण कांग्रेसको माओवादीप्रति आशंका छ । सरकार परिवर्तनलाई एमालेसँग भएको ९ बूँदे सहमति कार्यन्वयन गर्ने रणनीतिक योजनामा लागेको हो कि भन्ने आशंका कांग्रेसले गरेको छ । ‘सरकारबाट हटेर आए भने हामी खुला छलफल गर्न तयार छौ’ कांग्रेस उच्च स्रोतले भन्यो,‘सरकार नछाडेसम्म विश्वास गर्न सकिने आधार देखिन्न ।’

कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछिमात्र उससित नयाँ सरकार गठन बारेमा छलफल हुन सक्ने बताए । एमालेसँग ९ बूँदे सहमति गरी सरकारमा रहीरहेको अवस्थामा ओलीको विकल्प खोज्नेबारे माओवादी केन्द्रसँग कुनै छलफल नभएको दावी गरे । ‘कांग्रेसले सरकार निर्माणका बिषयमा माओवादी केन्द्रसँग कुनै छलफल गरेको छैन, नौ बूँदे सहमति कायम हुञ्जेल कुनै छलफल पनि गर्दैन’ निधिले भने,‘पहिला नौबुँदे सहमति खारेज गरी सरकार छाडेपछि मात्रै कुरा हुन्छ ।’

एमाओवादी केन्द्रले भने कांग्रेस नेताहरुसँग छलफल भईरहेको दावी गरेको छ । माओवादी दोस्रो तहका नेताहरुले एमालेसग वैशाख २३ गते भएको ९ बुदे सहमति सगै भएको भद्र सहमतिअनुरुप एमालेले मागेको समयसीमा सकिइसकाले विकल्प खोज्न तयार हुुनुपर्ने भन्दै छलफल गरिरहेका छन् । अध्यक्ष दाहालका तर्फबाट नेताहरु वर्षमान पुन, जनार्दन शर्मा कांग्रेस नेताहरुसँग छलफलमा छन् ।

माओवादीका केही नेताले ओली सरकार ढाल्न कांग्रेसले आफ्नो दलका अध्यक्षलाई साथ दिए पनि त्यसपछि देउवाकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, कालान्तरमा माओवादीका लागि उक्त निर्णय प्रत्यूत्पादक हुन सक्ने भन्दै सचेत गराइरहेका छन् । तर कांग्रेसको दोस्रो तहका नेतासग निरन्तर छलफलमा रहेका नेताहरु भने कांग्रृेसबाट धोका नहुने भन्दै पार्टी पंक्तिभित्र छलफलमा जुटेका छन् ।

‘शेरबहादुरजीलाई हामीले वर्षौंदेखि हेर्दै आयौं, उहाँ आफ्नो वचनमा पक्का मान्छे हो, यस् भने यस्, नो भने नो,’ पछिल्ला भेटघाटमा भएका प्रगतिबारे जानकारी दिँदै नेता वर्षमान पुनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउन, भूकम्पपछिको पुननिर्माण, मधेसी दलसित वार्तालगायत विषयमा सहमति कायम गर्न हामीसग सौहार्द कुराकानी अघि बढेकै छ ।’

राष्ट्रिय सहमतिको सरकार, आन्तरिक संगठनलगायत विषयमा बिहीबार दिउसो बस्ने भनिएको माआवादी केन्द्रीय कार्यालय बैठक अनौपचारिक छलफललगायत कारण अन्तिम समयमा स्थगित भएको थियो । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा यसबारे छलफल हुने नेता जनार्दन शर्माले जानकारी दिए । ‘सरकारको विषय उठेकै छ, तर राष्ट्रिय सहमतिको नेतृत्व कसले गर्ने भन्नेमा मतभेद छैन,’ शर्माले भने, ‘मूल कुरा एमालेसग विगतमा भएका सम्झौता पालना नभएका कारण पनि हामीले बृहत् हिसाबले सोच्नुपर्ने अवस्था आएको हो ।’ @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution