हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

टर्कीको विमानस्थलमा मारिएका ट्युनिसियाली नै हुन् आक्रमणकारी ?

ट्युनिस । टर्कीको विमानस्थलमा बुधबार भएको आतंककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीकारुपमा आशंका गरिएको छ ।

मारिने ती व्यक्ति पटक–पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक–पटक टर्की पुगेको देखिएको हो ।

टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) ले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला गरेको बताउने गरिएको छ ।

टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सो हमलमा आइएसको हात रहेको भनी बुधबारदेखि नै भन्दै आएका छन् ।

उनकाअनुसार आक्रमणको प्रकृति र यसको हमलाको शक्तिको आँकलन गर्दा त्यस्तो देखिएको हो ।

ती ट्युनिसियालीको नाम फथी बेयुद रहेको छ ।

उनी यसअघि बारम्बार टर्की जाने गरेका र उनले आफ्नो छोरा टर्कीमा आइएसमा लागेको भनेर थुनामा परेकोले उसलाई छुटाउनका लागि गएको भनी कारण दिने गरेका थिए ।

उनको छोरा सिरियामा आइएसमा जानका लागि हिँडेको र टर्कीमा पक्राउ गरी जेलमा राखिएको बताइएको थियो ।

योपटक पनि उनले आफ्नो छोराको रिहाइका लागि आवश्यक प्रक्रिया पुर्‍याउनका लागि टर्की गएका जनाएका थिए ।

ट्युनिसियाको रक्षा मन्त्रालयले पनि उनी योपटक टर्की गएको कारणमा त्यही रहेको पत्ता लागेको जनाएको छ । रासस/एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution